मौन अवधिमा विराटनगर ‘हाई अलर्ट’ — शंकास्पद झोलाभित्र पूजाको सामग्री भेटियो

विराटनगर,१९ फागुन । निर्वाचनको मौन अवधि सुरु भएसँगै सुनसान बनेको विराटनगरमा सोमबार मध्यराति भेटिएको शंकास्पद वस्तुले सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा राखेको छ। जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि, विराटनगर महानगरपालिका–७ स्थित डाँफे चोकमा कालो प्लास्टिकको झोलाभित्र राखिएको वस्तु बम हुनसक्ने आशंकामा रातभर प्रहरी र नेपाली सेना परिचालन गरिएको थियो।

 

सिसी क्यामेरामा स्कुटरमा आएका एक व्यक्तिले झोला राखेर फर्किएको दृश्य देखिएपछि सुरक्षाकर्मी झन् सचेत बनेका थिए। निर्वाचनको संवेदनशील समय, प्रशासन कार्यालय नजिकको स्थान र मध्यरातको समय भएकाले सम्भावित जोखिमलाई गम्भीर रूपमा लिइएको प्रहरीले बताएको छ। प्रहरीले तत्कालै सो क्षेत्र सिल गरेर डाँफे चोक आसपासका सडक खाली गराएको थियो। आवतजावत रोकिएको थियो भने म्यादी प्रहरीसमेत परिचालन गरिएको थियो। बम हुनसक्ने आशंकामा नेपाली सेनाको टोलीसमेत बोलाइएको थियो। पूर्वी पृतनाअन्तर्गतको सूर्यदल गण बाट आएको टोलीले रातभर निगरानी बढाएको थियो।

 

मंगलबार बिहान करिब ७ बजेतिर सेनाको टोलीले शंकास्पद वस्तु निष्क्रिय पार्ने प्रक्रिया सुरु गरेको थियो। बाक्लो सुरक्षा घेराबीच झोला खोल्दा त्यसमा पूजाआजा गरी मन्साइएको माटोको सानो हाँडी भेटिएको प्रहरीले बताएको छ। हाँडीभित्र खरानी र अन्य पूजासामग्री रहेको जनाइएको छ। मोरङका प्रहरी प्रमुख एसपी कबित कटवालले निर्वाचनको संवेदनशील समय भएकाले कुनै जोखिम लिन नसकिने अवस्था रहेको बताउनु भयो। “मध्यरातमा प्रशासन कार्यालय अगाडि शंकास्पद वस्तु राखिएको देखिएपछि सम्भावित खतरा भन्दै उच्च सतर्कता अपनाइएको हो,” उहाँले सञ्चारकर्मीसँग भन्नु भयो, “जाँचपछि मात्र पूजाको सामग्री भएको पुष्टि भयो।”

 

घटनापछि डाँफे चोक क्षेत्र पुनः सामान्य अवस्थामा फर्किएको छ। यद्यपि, सार्वजनिक स्थानमा मध्यरातमा शंकास्पद वस्तु राख्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले बताएको छ। निर्वाचनको मुखमा यस्ता घटनाले सर्वसाधारणमा अनावश्यक त्रास सिर्जना गर्ने भएकाले सुरक्षाकर्मीले सचेत रहन र शंकास्पद गतिविधि देखिए तत्काल जानकारी दिन आग्रह गरेको जनाएको छ्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।