झापा ५ मा कडा सुरक्षा : मतगणना स्थल तारजालीले घेरियो

दमक,२० फागुन । प्रतिनिधि सभा निर्वाचनको इपिसेन्टर बनेको झापा ५ मा मतगणना स्थललाई तारजालीले घेरेर सुरक्षित बनाइएको जनाइएको छ । सम्भावित सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखेर मतगणता स्थललाई तार जालीले घेरेर सुरक्षित बनाइएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको हो ।

 

मतणनास्थल मात्र नभएर भवनको झ्यालमा पनि तारजाली लगाइएको हो । यस्तै सीसीटिभी जडान गरिएको छ । झापा ५ को निर्वाचन अधिकृतको कार्यालय रहेको दमक ८ स्थित कृषि भवनमै मतगणना हुने जनाइएको छ । बिहीबार मतदान सम्पन्न भएपछि यस क्षेत्रमा रहेका ६१ वटा मतदानस्थलबाट मतपेटिकाहरू संकलन गरेपछि गणना सुरु हुने भएको छ ।

 

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन शाह चुनावी मैदानमा उत्रिएको झापा ५ देशकै चर्चामा रहेको छ । भावी प्रधानमन्त्रीका दाबेदार दुई नेतासहित सो क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीका रञ्जीत तामाङ, नेपाली काँग्रेसका मन्धरा चिमरिया सहितको उम्मेदवार हुनुन्छ् ।

 

निर्वाचन सुरक्षा योजनाअन्तर्गत झापा ५ लाई भने विशेष ‘हाई(प्रोफाइल’ संवेदनशीलताको सूचीमा राखिएको जनाइएको छ। क्षेत्रमा प्रदेश प्रहरीले थप १०० जनाको विशेष टोली र प्रहरी उपरीक्षक (एसपीं) को नेतृत्वमा छुट्टै टोली परिचालन गरेको जनाइएको छ।

 

यसैबीच झापा ५ अन्तर्गत दमकमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा प्रहरीले १० जना पक्राउ गरेको छ। प्रहरीले सवारीसाधनमा राखिएका झन्डा, स्टिकर तथा चुनाव चिन्ह अङ्कित सामग्री हटाइरहेको जनाएको छ। दमकको मुख्य चोक, बजारलगायत विभिन्न स्थानमा सुरक्षाकर्मीले सवारीसाधनको जाँच कडाइका साथ सञ्चालन गर्दै आचारसंहिता विपरीतका गतिविधि रोक्न थालिएको बताएको छ ।

 

झापा ५ मा २०४८ सालयता भएका निर्वाचनमा २०६४ बाहेक सबै निर्वाचन ओलीले जित्दै आउनु भएको थियो। यसपटक भने ओलीलाई जित निकाल्न कठिन रहेको विश्लेषण भइरहेको जनाइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।