विराटनगरमा मौनअवधि कडाइ : साइनबोर्ड हटाउँदा दलगत भेदभावको आरोप

विराटनगर,२० फागुन । निर्वाचन प्रचारको शिलशिलामा खोलिएका राजनीतिक दलहरुको निर्वाचन कार्यालयमा राखिएका चुनाव चिन्ह र उम्मेदवारको तस्बिरयुक्त बोर्डहरु प्रहरीले हटाउन थालेको जनाइएको छ ।

मौनअवधिमा यस्ता बोर्डहरु राख्नु आचारसंहिता विपरीत हुने भन्दै प्रहरीले कतिपय दलको कार्यालयबाट साइनबोर्डहरु हटाएको छ । तर कतिपय दलका साइनबोर्डहरु भने नहटाएको गुनासो स्थानीयले गर्न थालेका छन् ।

आज बिहान विराटनगर ६ बाट प्रहरीले केही राजनीतिक दलको कार्यालयमा राखिएको चुनाव चिन्ह अंकित बोर्डहरु हटाएको भए पनि नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीका बोर्डहरु भने नहटाएको स्थानीयले जानकारी दिएका हुन् ।

विराटनगर ६ का दिनेश कामतले भन्नु भयो, ‘निर्वाचन आचारसंहिता दलीय आधारमा उल्लंघन हुने होइन होला, यहाँबाट प्रहरीले नेपाली कम्युनिष्ट पार्टी, नेकपा (एमाले)लगायतका कार्यालयबाट साइनबोर्ड हटाएको छ तर कांग्रेस र रास्वपाको भने छुने आँट गरेको छैन ।’

निर्वाचन आउनु २४ घण्टाभन्दा कम समय बाँकी रहेको बेलामा सम्बन्धित निकायले समानरुपमा कानुन परिपालन गराउनु पर्नेमा दलीय आधारमा भेदभाव गरेको भन्दै स्थानीय दलका कार्यकर्ताहरु आक्रोशित देखिएका हुन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव

काठमाडौँ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग

विपक्षी दलहरूको संयुक्त बैठक : सरकारका नीतिप्रति कडा आपत्ति

काठमाडौं,१७ वैशाख । नेकपा (एमाले) राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालको अध्यक्षतामा विपक्षी दलहरूको संयुक्त बैठक बसेको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली

दिगो शान्तिका लागि बुद्धका शिक्षाको महत्व :राष्ट्रपति

काठमाडौं,१७ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति, सह–अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन

कर्णालीको राजधानीमा खानेपानी संकट

सुर्खेत,१७ वैशाख । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको छ । दैनिक ३४७ लिटर प्रतिसेकेन्ड खानेपानी आवश्यक पर्ने भए पनि हाल मात्र ८३

अध्यादेशबारे राष्ट्रपतिले आज संविधान विद्हरूसँग परामर्श गर्ने

काठमाडौं,१७ वैशाख। सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने हुनु भएको छ् । अध्यादेशबारे छलफल गर्न आज अपरान्ह ४

इरान र अमेरिका बिचको तनाव बढ्दै

तेहरान,१७ वैशाख । इरान र अमेरिका बिचको तनाव बढ्दै जाँदा, इरानले स्ट्रेट अफ होर्मुज र आफ्नो परमाणु कार्यक्रमका विषयमा अमेरिकाको प्रस्तावसामु नझुक्ने संकेत दिएको छ