झापा, २१ फागुन । झापामा मतदाताको उत्साहजनक सहभागिता देखिएको छ ।
झापामा बिहान १० बजेसम्म ८ दशमलव ४५ प्रतिशत मतदान मत खसेको जिल्ला प्रशासन कार्यालयले बताएको छ । तर, जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी कुमार नेपालले बिहान १० बजेसम्म करिव १५ प्रतिशत मत खसेको बताउनु भएको छ ।
पाँचवटा निर्वाचन क्षेत्रका लागि ९० जना उम्मेदवार जनमत परीक्षणका लागि चुनावी मैदानमा रहेका छन् । यहाँ तीन लाख ५८ हजार ३४६ पुरुष, तीन लाख ५५ हजार १८३ महिला र आठ अन्य गरी सात लाख १३ हजार ५३७ मतदाता रहेका छन् । जसमा ५० हजार २२६ मतदाता थपिएका छन् । झापामा कुल २८५ मतदानस्थल र ८१५ वटा मतदान केन्द्र रहेको छ।










