अनुसन्धान जारी

उदयपुरको चौदण्डीगढीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

उदयपुर,२१ फागुन । उदयपुरको चौदण्डीगढी नगरपालिकामा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

मदन भण्डारी लोकमार्ग अन्तर्गत चौदण्डीगढी नगरपालिका वडा नं. १० भिमा खण्डमा गाईघाटबाट बेल्टारतर्फ जाँदै गरेको प्र.०१–०५–००२ प १८२७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको छ।

तीव्र गतिमा रहेको मोटरसाइकल सडकको उत्तरतर्फ रहेको सखुवाको रुखमा ठोक्किँदा मोटरसाइकल चालक चौदण्डीगढी नगरपालिका–५ सिवाई बस्ने १८ वर्षीय समिर चौधरीको मृत्यु भएको प्रहरीले बताएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका चौधरीलाई तत्काल उद्धार गरी नगर अस्पताल बेल्टार लगिएकोमा अस्पताल पु¥याउनासाथ चिकित्सकले मृत घोषणा गरेको थियो ।

सोही दुर्घटनामा परी मोटरसाइकलमा सवार अन्य दुई जना गम्भीर घाइते भएको जनाइएको छ । घाइते हुनेहरूमा चौदण्डीगढी–५ सिवाई बस्ने १८ वर्षीय मौसम चौधरी र सोही ठाउँका २३ वर्षीय अशोक चौधरी रहेका हुन् ।

घाइते दुवै जनालाई नगर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि विराटनगर स्थित सुविधा सम्पन्न अस्पतालमा रेफर गरिएको जनाइएको छ ।

बिहान करिब ११ः०० बजे भएको उक्त दुर्घटनाको विषयमा इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको बताएको छ । एउटै मोटरसाइकलमा तीन जना सवार रहेकाले अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको जनाइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।