झापा,२१ फागुन।प्रतिनिधि सभा निर्वाचनको सर्वाधिक चर्चामा रहेको झापा निर्वाचन क्षेत्र नम्बर ५ का नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रञ्जित तामाङले कमल गाउँपालिका १ बाँसबारी स्थित केन्द्रबाट मतदान गर्नु भएको छ ।
झापा ५ का बहुचर्तित उम्मेदवारहरुमध्ये केपी शर्मा ओली र बालेन्द्र साह भक्तपुर र काठमाडौंबाट मतदान गर्दा तामाङले भने आफ्नै निर्वाचन क्षेत्रबाट मतदान गर्नु भएको छ । यो निर्वाचन क्षेत्रमा प्रधानमन्त्रीका दुई दाबेदारसँग तामाङले कडा प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव
काठमाडौँ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग








