झापा, २१ फागुन। झापाको बाह्रदशीमा केहीबेर मतदान स्थगित भएको थियो । दिउँसो १ बजे बाह्रदशी गाउँपालिका –६, घोडामारास्थित घोडामारा आधारभूत विद्यालयको मतदान केन्द्रमा मतदान स्थगित भएको जनाइएको छ। सोही ठाउँ बस्ने बर्ष ५५ का हरि ढकालको नाममा स्थानीय बर्ष ५५ का हरिबहादुर अधिकारीले नाममा मतदान गरेको बिषयलाई लिएर विवाद भएको हो।
करिब १० मिनेट मतदान स्थगित भई सर्वदलीय बैठक बसी दिउँसो १ः२५ बजेदेखि पुनः मतदान सुचारु भएको जनाइएको छ । हाल शान्तिपूर्ण रुपमा मतदान भइरहेको बताइएको छ ।









