देशभर शान्तिपूर्ण रूपमा मतदान सम्पन्न : गृह मन्त्रालय

काठमाडौँ,२१ फागुन । गृह मन्त्रालयले देशभर शान्तिपूर्ण, सुरक्षित र उत्साहजनक रूपमा मतदान सम्पन्न भएको जनाएको छ । विगतका निर्वाचनका अनुभव र वर्तमानको फरक परिवेशलाई सुक्ष्म रूपमा मूल्याङ्कन गरी तयार पारिएको एकीकृत सुरक्षा योजना पूर्ण रूपमा सफल भएको मन्त्रालयले दाबी गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले निर्वाचन पूर्वको अवस्थालाई शान्तिपूर्ण रूपमा सम्पन्न गरी आज मतदानको दिनसम्म आइपुग्दा सुरक्षा व्यवस्था अत्यन्तै चुस्त देखिएको बताउनु भयो । केही स्थानमा व्यवस्थापकीय वा अन्य कारणले मतदानमा सामान्य अवरोध आएपनि तत्काल समाधान गरिएको मन्त्रालयले बताएको छ ।

दोलखाको एउटा मतदान केन्द्रमा लामो समयदेखि अवरुद्ध भएको मतदान कार्य जिल्ला सुरक्षा समिति, राजनीतिक दल र सुरक्षाकर्मीको समन्वयमा पुनः सुचारु भइसकेको उहाँले दाबी गर्नु भएको छ । उहाँले भन्नु भयो, ‘हामीले बनाएको एकीकृत सुरक्षा योजनाअनुसार नै सुरक्षाकर्मीहरू परिचालित हुनुभएको छ । अहिलेसम्मको अवस्था हेर्दा एकदमै शान्तिपूर्ण र मतदाताले उत्साहपूर्वक मतदान गरिरहनुभएको छ ।’

निर्वाचनमा उम्मेदवार, मतदाता, सञ्चारकर्मी र पर्यवेक्षक लगायत सबैको सुरक्षाका लागि ‘माइक्रो तह’ बाटै सुरक्षाकर्मीको तैनाथी गरिएको उहाँले बताउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव

काठमाडौँ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग

विपक्षी दलहरूको संयुक्त बैठक : सरकारका नीतिप्रति कडा आपत्ति

काठमाडौं,१७ वैशाख । नेकपा (एमाले) राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालको अध्यक्षतामा विपक्षी दलहरूको संयुक्त बैठक बसेको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली

दिगो शान्तिका लागि बुद्धका शिक्षाको महत्व :राष्ट्रपति

काठमाडौं,१७ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति, सह–अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन

कर्णालीको राजधानीमा खानेपानी संकट

सुर्खेत,१७ वैशाख । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको छ । दैनिक ३४७ लिटर प्रतिसेकेन्ड खानेपानी आवश्यक पर्ने भए पनि हाल मात्र ८३

अध्यादेशबारे राष्ट्रपतिले आज संविधान विद्हरूसँग परामर्श गर्ने

काठमाडौं,१७ वैशाख। सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने हुनु भएको छ् । अध्यादेशबारे छलफल गर्न आज अपरान्ह ४

इरान र अमेरिका बिचको तनाव बढ्दै

तेहरान,१७ वैशाख । इरान र अमेरिका बिचको तनाव बढ्दै जाँदा, इरानले स्ट्रेट अफ होर्मुज र आफ्नो परमाणु कार्यक्रमका विषयमा अमेरिकाको प्रस्तावसामु नझुक्ने संकेत दिएको छ