६ महिनामै चुनाव गराएर कार्की सरकारको मुख्य जिम्मेवारी पूरा

काठमाडौँ,२१ फागुन । भ्रष्टाचार र वेथितिविरुद्ध भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनपछि २७ भदौमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा बनेको सरकारले ६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचन गराउने मुख्य जिम्मेवारी पूरा गरेको छ ।

 

जेनजी आन्दोलनपछि कठिन र चुनौतीपूर्ण अवस्थामा पनि मुलुकको कार्यकारी नेतृत्व सम्हाल्न पुग्नु भएकी प्रधानमन्त्री कार्कीले विभिन्न आशंका, कठिनाइ र विरोधका बीच निर्वाचन गराएर जिम्मेवारी पूरा गर्नु भएको छ । उहाँले असहज अवस्थामा मुलुकलाई एक हिसाबले निकास दिन सफल हुनु भएको छ ।

 

कार्की नेतृत्वको सरकार गठन भएका बखत ‘निर्वाचन नै हुन नसक्ने’ र संविधान ट्र्याकबाहिरै गएर लामो समय मुलुकमा अराजकता मच्चिन्छ कि भन्ने आशङ्काहरू पैदा भएका थिए । सरकारको दृढताका कारण ती यावत् आशङ्काहरूलाई चिर्दै तोकिएकै समयमा निर्वाचन सम्पन्न भएको छ । निर्वाचनको नतिजा के कस्तो र कसको पक्षमा आउँछ भन्ने पाटोलाई अलग राखेर हेर्दा, सङ्क्रमणकालीन अवस्थालाई पार लगाउन सरकार, राजनीतिक दलहरू र निर्वाचन आयोगले खेलेको भूमिका कम प्रशंसायोग्य मानिँदैन ।

 

निर्वाचन सम्पन्न गर्ने काममा प्रधानमन्त्री कार्कीले देखाएको सक्रियता, गृहमन्त्री ओमप्रकाश अर्यालसहित अन्य मन्त्रीहरू, निजामती कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना मात्र होइन, विभिन्न राजनीतिक दलहरूले समेत दिएको साथ र सहयोग सराहनीय रह्ेको छ ।

 

अवश्य नै, गैरदलीय सरकार र त्यस्तो सरकारको प्रधानमन्त्रीलाई जेनजी आन्दोलनका क्रममा सहिद भएका परिवारलाई सम्मान, क्षतिपूर्ति तथा घाइतेहरूको समयमै उपचारको व्यवस्था गर्नुपर्ने दायित्वसँगै सबै राजनीतिक दल र जेनजी पुस्तालाई समेत विश्वासमा लिएर देशभर एकै पटक भयमुक्त र निष्पक्ष निर्वाचन सम्पन्न गराउन सक्नु चानचुने विषय होइन ।

कार्कीले आफूले प्रधानमन्त्रीको शपथ लिँदै गर्दा मन्त्री चयनमा देखिएको जटिलता, विस्थापित राजनीतिक नेतृत्वलाई विश्वासमा लिनुपर्दाको क्षण, आन्दोलनका क्रममा गिरेको सुरक्षाकर्मीको मनोबल उकास्ने काम र जलेका व्यवसायी तथा व्यापारीहरूको मनोबल बढाउन सरकारले खेलेको भूमिकाकै कारण तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुन पुगेको कुरालाई कसैले पनि बिर्सन मिल्दैन । यद्यपि, कार्की नेतृत्वको सरकार गठन हुँदा नै राजनीतिक–संवैधानिक प्रश्नहरू नउठेका भने होइन्न् । राष्ट्रपति रामचन्द्र पौडेलले भनेझैँ, मुलुकको कठिन र जटिल परिस्थितिमा बडो जुक्ति लगाएर मुलुकलाई निकास दिन गरिएको प्रयासलाई पनि बिर्सन मिल्दैन ।

त्यतिमात्रै होइन, नेपालको बदलिएको परिस्थितिमा पनि नेपाललाई सही संवैधानिक ट्र्याकमा फर्काउन छिमेकी देशका साथै अन्तर्राष्ट्रिय समुदायले खेलेको भूमिका पनि कम महत्त्वपूर्ण हैन । निर्वाचन सम्पन्न भएसँगै अब मुलुकलाई कसरी अघि बढाउने, के कस्ता नीति–नियम बनाउने, विगतका कमीकमजोरीलाई कसरी सुधार्दै समग्र नेपाल र नेपालीको जीवनस्तर माथि उकास्ने भन्ने जिम्मा नयाँ संसद् र त्यसका सदस्यहरूमा पुगेको हो । निर्वाचित भएर आउने २७५ जना प्रतिनिधि सभा सदस्यमाथि जनताले राखेको भरोसालाई विवेकपूर्ण ढङ्गले जनमतको कदर गर्दै मुलुक, संविधान र व्यवस्था जोगाउने जिम्मेवारी थपिएको देखीएको छ ।

त्यसबाहेक निर्वाचनपछि बन्ने नयाँ सरकार र संसद्ले जेनजी आन्दोलनका घटनाबारे गठित जाँचबुझ आयोगको प्रतिवेदनले औँल्याएका दोषीलाई कारबाही गर्ने दायित्व रहने भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव

काठमाडौँ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग

विपक्षी दलहरूको संयुक्त बैठक : सरकारका नीतिप्रति कडा आपत्ति

काठमाडौं,१७ वैशाख । नेकपा (एमाले) राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालको अध्यक्षतामा विपक्षी दलहरूको संयुक्त बैठक बसेको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली

दिगो शान्तिका लागि बुद्धका शिक्षाको महत्व :राष्ट्रपति

काठमाडौं,१७ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति, सह–अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन

कर्णालीको राजधानीमा खानेपानी संकट

सुर्खेत,१७ वैशाख । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको छ । दैनिक ३४७ लिटर प्रतिसेकेन्ड खानेपानी आवश्यक पर्ने भए पनि हाल मात्र ८३

अध्यादेशबारे राष्ट्रपतिले आज संविधान विद्हरूसँग परामर्श गर्ने

काठमाडौं,१७ वैशाख। सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने हुनु भएको छ् । अध्यादेशबारे छलफल गर्न आज अपरान्ह ४

इरान र अमेरिका बिचको तनाव बढ्दै

तेहरान,१७ वैशाख । इरान र अमेरिका बिचको तनाव बढ्दै जाँदा, इरानले स्ट्रेट अफ होर्मुज र आफ्नो परमाणु कार्यक्रमका विषयमा अमेरिकाको प्रस्तावसामु नझुक्ने संकेत दिएको छ