नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य सामान्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार ९०० रुपैयाँ कायम भएको छ। सोमबार भने सुन प्रतितोला ३ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। मंगलबार चाँदी प्रतितोला ५ हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको छ, जुन सोमबारको ५ हजार २६५ रुपैयाँको तुलनामा बढेको हो।









