विद्युत सेवा अवरुद्ध

रामेछापमा भीषण हावाहुरी : घर–विद्यालयका छाना उड्यो

रामेछाप,३ चैत । सोमबार साँझ चलेको हावा–हुरीले रामेछाप जिल्लाका विभिन्न स्थानमा व्यापक क्षति पु¥याएको छ । हावा–हुरीका कारण व्यक्तिगत तथा सार्वजनिक संरचनामा क्षति पुगेको स्थानीयले बताएका छन् ।

 

साँझ आएको तीव्र हावाले घर तथा सार्वजनिक भवनका छाना उडाएको छ भने कतिपय संरचना आंशिक रूपमा भत्किएका छन् । दोरम्बाशैलुङ गाउँपालिका–२ दोरम्बास्थित काकलिङ माविको एक भवनको छानो पूर्ण रूपमा उडाएर भुइँमा खसालेको छ । यसैगरी सुनापति गाउँपालिका–५ भिरकोटस्थित बालमावि पनि हावा–हुरीबाट प्रभावित भएको छ । विद्यालय नजिकैको रुख ढल्दा भवनको छानामा क्षति पुगेको छ भने शौचालय समेत भत्किएको छ ।

 

हावाहुरीले विभिन्न स्थानमा व्यक्तिका घरमा पनि क्षति पुगेको जनाइएको छ । क्षतिको विवरण आइ नसकेको स्थानीय प्रशासनले बताएको छ ।
रामेछापमा १० वर्ष यताको यो सबैभन्दा ठुला हावाहुरी भएको स्थानीयले जनाएका छन् । यस अघि २०७२ सालको भूकम्प पछि यस्तै हावा–हुरी चलेको थियो । हावाहुरीका कारण जिल्लाभर विद्युत सेवामा समेत समस्या देखिएको छ। साँझदेखि अवरुद्ध भएको विद्युत आपूर्ति मंगलबार बिहानसम्म पनि पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन।

 

नेपाल विद्युत प्राधिकरणको मन्थली प्रशारण केन्द्रका अनुसार सिन्धुली जिल्ला र दोलखा जिल्लातर्फबाट आएको प्रशारण लाइनमा एकैपटक ‘फल्ट’ देखिँदा विद्युत सेवा बन्द भएको छ। प्राधिकरणका अनुसार लाइनमा आएको समस्या पहिचान गर्न प्राविधिक टोली खटाइएको भए पनि बिहानसम्म समस्या पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धनकुटामा साढे दुई करोडको आठपहरिया सङ्ग्रहालय अलपत्र

धनकुटा,१९ कार्तीक । आठपहरिया समुदायको मौलिक कला, संस्कृति, इतिहास र परम्परागत जीवनशैली संरक्षण गर्ने उद्देश्यले धनकुटामा दुई करोड ५८ लाख रुपैयाँ खर्चेर निर्माण गरिएको आठपहरिया

तुलसी सहकारीका पीडितसँग दमकमा प्रशासनको छलफल, बचत फिर्ताको प्रक्रिया अघि बढाउने प्रतिबद्धता

दमक, १९ कात्तिक । लामो समयदेखि बचत रकम फिर्ता नपाएर समस्यामा परेका तुलसी बहुमुखी सहकारीका दमक शाखाका बचतकर्ताको समस्या समाधानका लागि झापाको स्थानीय प्रशासनले पहल

दमकमा ५० विगाह क्षेत्रफल जग्गामा बन्दै छ बहुउद्देश्यीय पार्क, लगानी नगरपालिकाले खोज्ने

दमक, १९ कार्तिक । दमकमा घुम्न जाने ठाउँ खासै छैन । जति छ एउटा दमक फन पार्क अर्को दमक १० मा रहेको इन्द्रेणी ताल ।

ग्यास उद्योग मर्जरका लागि आयकर छुटको माग

काठमाडौं,१९ कार्तीक । नेपाल एल.पि. ग्यास उद्योग संघले ग्यास उद्योगहरू एक–आपसमा गाभ्न (मर्जर) का लागि आयकर छुटको व्यवस्था मिलाइदिन नेपाल आयल निगमसँग माग गरेको छ

भ्रष्टाचार मुद्दाका प्रतिवादी मन्त्रीसँगै सार्वजनिक कार्यक्रममा

इटहरी,१९ कार्तीक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भ्रष्टाचार मुद्दामा विशेष अदालतमा प्रतिवादी बनाइएका कोशी प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष बसन्तराज अर्याल प्रदेश सरकारका मन्त्रीसँगै सार्वजनिक

सुनकोशी–मरिन डाइभर्सनको ठेक्का फेरि रद्द, आयोजना अन्योलमा

काठमाडौँ,१९ कार्तीक । राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना यतिबेला अन्योलको भुमरीमा फसेको छ ।नेपालको समग्र आर्थिक तथा सामाजिक विकाससँग जोडिएको र उच्च प्राथमिकतामा