पहिलो ट्रान्सजेन्डर महिला सांसद भूमिका श्रेष्ठ : समावेशी आवाज अगाडि ल्याउने प्रतिबद्धता

काठमाडौं,३ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक कोटामा निर्वाचित भएकी भूमिका श्रेष्ठले आफ्नो जिम्मेवारी थप बढेको बताउनु भएको छ् । उहाँ लैङ्गिक तथा यौनिक अख्पसंङख्यक समुदायबाट ट्रान्सजेन्डर महिलाका रुपमा पहिलो पटक संसदमा पुग्नु भएको छ ।

 

श्रेष्ठले आफ्नो जिम्मेवारी थपिएको हुनाले अब थप मेहेनत गर्ने बेला आएको बताउँदै सदनमा आफ्नो सहभागिता सकारात्मक रहेको बताउनु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी सुशासन कायम गर्न र समावेशी सिद्धान्तलाई कार्यान्वयनमा ल्याउनका लागि अब्बल रहेकाले उक्त पार्टी रोजेको रहेको समेत बताउनु भयो । उहाँले भन्नु भयो, ‘रास्वपाले समावेशी सिद्धान्तलाई एकदमै ख्याल राख्ने गर्दछ । आफ्नो सहभागितालाई पार्टीले सकारात्मक ढङ्गले लिएको छ । सुशासन कायम गर्ने समावेशी सिद्धान्तलाई अगाडि ल्याउनका लागि पार्टी एकदमै अब्बल छ ।’

 

संविधानमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समूदायको आवाज समावेश भएपनि कार्यान्वयनमा नआउँदा समस्या भएको उहाँले सुनाउनु भयो। अब आफ्नो मुख्य एजेन्डा भनेको आवश्यक नियम कानुन बनाउन सहयोग गर्ने, समूदायको आवाजलाई कसरी अगाडि लैजाने भनेर मुद्दाहरु अगाडि बढाउने रहेको बताउनु भयो । उहाँले भन्नु भयो, ‘संविधानको धारा १२, १८ र ४२ मा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको आवाज समावेश भएको छ । तर उचित संयन्त्र वा संरचना नहुँदा कार्यान्वयनमा ल्याउन कठिनाइ भइरहेको छ । जुन खालको नीति नियम र कानुन बन्नुपर्ने, जुन खालको खाका तयार गर्नुपर्ने थियो । त्यो तयार भएको छैन । अब म त्यसका लागि सक्रिय हुनेछु ।’

 

आफ्नो समूदाय मात्र नभइ मधेसी, मुस्लिम, अपाङ्गता भएको व्यक्तिको आवाजलाई समेत उठाएर लानुपर्ने आफ्नो जिम्मेवारी भएको उहाँले बताउनु भयो । विविधतामा एकता भनेजस्तै पछाडि परेको आवाज र मुद्दालाई अगाडि ल्याउने मूल एजेन्डा आफूले अगाडि सार्ने उहाँको भनाइ छ ।
शिक्षा, स्वास्थ्य, रोजगारी, नागरिकताको समस्या, लैगिक अल्पसङ्ख्यककको कुरा र वैवाहिक समानताका मुद्दालाई एउटा किनारामा ल्याउनुपर्ने दायित्व आफ्नो रहेको श्रेष्ठले बताउनु भयो । अबको पाँच वर्षमा समुदायको बढी फोकस गरेर काम गर्ने उहाँले सुनाउनु भयो ।

 

समूदायको अलग्गै राजनीतिक दलबारे आफूले नसोचेको बताउँदै श्रेष्ठले नेपालका सबै राजनीतिक दलहरुले सबै समूदायका मुद्दाहरु समान रुपले बोक्नुपर्ने उहाँको भनाइ छ । आगामी दिनमा रास्वपा नेतृत्वकै सरकार बन्ने भएकाले पार्टीले दिएको जिम्मेवारी आफूले निर्वाह गर्ने बताउनु भयो। मन्त्रालयको जिम्मेवारी आए पछि नहट्ने उहाँको भनाइ छ । डेढ दशकदेखि समूदायका मुद्दा उठाउँदै आएपनि अब थप सशक्त बनेर काम गर्ने उहाँको विश्वास छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।