“मधेश प्रदेश सरकारका १०० दिन:मुख्यमन्त्री यादवले ५१ प्रमुख कामहरु सार्वजनिक”

जनकपुर,३ चैत । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले नेपाली कांग्रेसको नेतृत्वमा बनेको सरकारको पहिलो १०० दिनमा गरेको मुख्य ५१ वटा कामहरु बारे जानकारी गराउनु भएको छ् । मंगलबार जनकपुरधाम स्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री यादवले प्रदेश सरकारको पहलमा सुरु भएको र छलफलको क्रममा रहेको विभिन्न ५१ वटा कामहरुबारे जानकारी गराउनु भएको छ ।

 

उहाँले मुख्यतः वितेको १०० दिमा प्रदेश सरकारको मातहतमा रहेका मन्त्रालयहरुबाट स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, सिँचाई, भौतिक पूर्वाधार, खेलकुद, वन क्षेत्र, यातायात र अर्थ सम्बन्धी कुल ५१ वटा मुख्य कामहरु अगाडि बढाइएको छ । मुख्यमन्त्री यादवका अनुसार यी ५१ वटा कामहरु मध्ये पनि प्रदेश सरकारले गरेको सबैभन्दा उल्लेख्य कामहरुमा, जनकपरधाम स्थित प्रादेशिक अस्पतालमा विरामीहरुलाई पुर्जा कटाउनका निम्ति घरबाटै मोबाईलको प्रयोग गरेर काट्न मिल्ने व्यवस्था अगाडि बढाइएको छ ।

 

त्यस्तै, किसानहरुका लागि मलमा घटेको अनुदान प्रदेश सरकारले यसै वर्षदेखि लागुहुने गरी पुनः पूर्ववत व्यवस्था मिलाउन संघीय सरकार समक्ष प्रस्ताव गरेको मुख्यमन्त्री यादवले जानकारी दिनु भयो । जनकपुरधामको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गराउनका निम्ति प्रदेश सरकारले आवश्यक मापदण्ड बनाएर स्थानीय सरकार र पुरातत्व विभागसँग समन्वय गरी काम अगाडि बढाएको मुख्यमन्त्री यादवले बताउनु भयो ।

 

त्यस्तै, जनकपुरधाममा राम जानकी रंगशाला निर्माणका निम्ति बाँकी रहेको प्रक्रियाहरु अगाडि बढाइएको मुख्यमन्त्री यादवले जानकारी दिनु भयो । मुख्यमन्त्री यादवका अनुसार मधेश प्रदेशमा इ रिक्सा र ट्याकटर चलाएर जिविको पार्जन गर्नेहरुका निम्ति प्रदेश सरकारले मात्र प्रयोगात्मक परीक्षाको माध्यमबाट लाइसेन्स दिने प्रक्रिया अगाडि बढाएको छ । त्यस्तै एक निर्वाचन क्षेत्र एक ५ किलोमिटर सडक निर्माण योजना अन्तर्गत पहिलो चरणको सबै काम सकेर अर्को चरणको थाल्ने गरी सरकारले आवश्यक सबै तयारी पुरा गरिसकेको मुख्यमन्त्री यादवले जानकारी दिनु भयो ।
मुख्यमन्त्री यादवले गर्मी महिनामा सुख्खा हुने र पिउने पानीको अभाव हुने समस्यालाई मध्येनजर गर्दै अहिले देखिनै विज्ञहरुसँग छलफल गरेर सामाधानको उपाय खोज्ने कार्य भइरहेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हराएको बुद्ध मूर्ति आफ्नै आसनमा फिर्ता

काठमाडौँ,१९ वैशाख । हराएको दशकौँ पछि, अन्ततः भगवान बुद्धको एउटा प्राचीन मूर्ति आफ्नै थातथलोमा फर्किएको छ। काठमाडौँ महानगरपालिका–२३, ओम बहालस्थित न्छुे बहा (बज्रधातु विहार) बाट

सल्यानमा प्रहरी कार्यालयकै जग खन्दा भेटियो ८६ वटा बम

सुर्खेत ,१९ वैशाख। सल्यानमा नयाँ भवनका लागि जग खन्ने क्रममा ठूलो परिमाणमा द्वन्द्वकालीन बम र विस्फोटक पदार्थ फेला परेको छ। शारदा नगरपालिका–३ स्थित जिल्ला प्रहरी

नेकपाले सार्वजनिक गर्यो महाधिवेशनको कार्यतालिका

काठमाडौँ,१९ वैशाख । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ को अध्यक्षतामा हालै सम्पन्न

विष्णुमती किनारमा डोजर रोकियो किन?

काठमाडौं,१९ वैशाख । काठमाडौंको विष्णुमती नदी किनारमा अनधिकृत संरचना हटाउन पुगेको महानगरको डोजर आज विहान रोकिएको छ। नयाँ बसपार्क नजिकैको क्षेत्रमा डोजरले काम सुरु गर्न

आर्थिक साझेदारी सुदृढ बनाउनेबारे अमेरिकी दूत र रास्वपा सभापति बीच छलफल

काठमाडौं,१९ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरले रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता गर्नु भएको छ । उहाँहरूबीच