नेपालमा जर्मन प्रविधि लगानीका सम्भावना विषयक अन्तरक्रिया सम्पन्न

काठमाडौं,३ चैत ।नेपालमा स्थानीय तथा वैदेशिक लगानी प्रवद्र्धन गर्ने उद्देश्यका साथ काठमाडौंमा एक विशेष ‘ज्ञान साझेदारी’ (नलेज सेयरिङ) अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल जर्मन उद्योग वाणिज्य संघ (एनजिसिसिआइ) को आयोजनामा भएको उक्त कार्यक्रममा नेपालमा जर्मन प्रविधिको प्रयोग र लगानीका सम्भावनाबारे गहन छलफल भएको छ ।

बिरा फर्निचरमा आयोजित उक्त कार्यक्रममा ‘माइक्रो इन्टरनेसनल नेपाल’ र एनजिसिसिआइको सहकार्यमा आधुनिक प्रविधिहरूको प्रदर्शन गरिएको थियो । हाल नेपालमा विशेषगरी चीनबाट आयात भइरहेका युवा लक्षित प्रविधिहरूलाई जर्मन प्रविधिको सहायताले नेपालमै कसरी उत्पादन गर्न सकिन्छ भन्ने विषयमा कार्यक्रम केन्द्रित थियो । जर्मन विजनेस स्कुलबाट आएका ‘फ्युचर बिलियनियर्स’ (भावी उद्यमी) विद्यार्थीहरूलाई नेपालको औद्योगिक वातावरण र यहाँ रहेका अवसरहरूबारे जानकारी गराइएको थियो ।

कार्यक्रम पछि पत्रकारसँग कुरा गर्दै नेपाल जर्मन उद्योग वाणिज्य संघका अध्यक्ष सन्तोष चन्द्र कुँवरले नेपाली बजारमा जर्मन प्रविधिको ठूलो सम्भावना रहेको बताउनु भयो । उहाँले भन्नु भयो, ‘हाम्रो मुख्य उद्देश्य भनेकै जर्मन प्रविधिलाई नेपालमा भित्रर्याउनु र यहाँको ’स्कोप’ विदेशी लगानीकर्ताहरूलाई देखाउनु हो। जर्मनीका विद्यार्थी तथा उद्यमीहरूले नेपालमा आएर संयुक्त लगानी (जोइट भेन्चर) मा काम गर्न सक्छन्।’

अध्यक्ष कुँवरले नेपालमा उत्पादन हुने वस्तुहरूमा जर्मन प्रविधि मिसाउन सके त्यसले उत्पादनको गुणस्तर बढ्ने र आयात प्रतिस्थापनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो । संघले सदस्यहरूको उत्पादनलाई प्रवद्र्धन गर्न र विदेशी लगानीकर्ताहरूलाई आकर्षित गर्न यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने बताएको छ । कार्यक्रममा सहभागी जर्मन विद्यार्थीहरूले नेपालको बजार र यहाँको उत्पादन क्षमताप्रति चासो देखाएका थिए, जसले भविष्यमा जर्मन लगानी भित्रिने आशा जगाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हराएको बुद्ध मूर्ति आफ्नै आसनमा फिर्ता

काठमाडौँ,१९ वैशाख । हराएको दशकौँ पछि, अन्ततः भगवान बुद्धको एउटा प्राचीन मूर्ति आफ्नै थातथलोमा फर्किएको छ। काठमाडौँ महानगरपालिका–२३, ओम बहालस्थित न्छुे बहा (बज्रधातु विहार) बाट

सल्यानमा प्रहरी कार्यालयकै जग खन्दा भेटियो ८६ वटा बम

सुर्खेत ,१९ वैशाख। सल्यानमा नयाँ भवनका लागि जग खन्ने क्रममा ठूलो परिमाणमा द्वन्द्वकालीन बम र विस्फोटक पदार्थ फेला परेको छ। शारदा नगरपालिका–३ स्थित जिल्ला प्रहरी

नेकपाले सार्वजनिक गर्यो महाधिवेशनको कार्यतालिका

काठमाडौँ,१९ वैशाख । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ को अध्यक्षतामा हालै सम्पन्न

विष्णुमती किनारमा डोजर रोकियो किन?

काठमाडौं,१९ वैशाख । काठमाडौंको विष्णुमती नदी किनारमा अनधिकृत संरचना हटाउन पुगेको महानगरको डोजर आज विहान रोकिएको छ। नयाँ बसपार्क नजिकैको क्षेत्रमा डोजरले काम सुरु गर्न

आर्थिक साझेदारी सुदृढ बनाउनेबारे अमेरिकी दूत र रास्वपा सभापति बीच छलफल

काठमाडौं,१९ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरले रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता गर्नु भएको छ । उहाँहरूबीच