शान्तिपूर्ण निर्वाचनपछि पशुपतिनाथमा प्रधानमन्त्री कार्कीको रुद्राभिषेक

काठमाडौं,४ चैत । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथको दर्शन गरी रुद्राभिषेक पूजा गर्नु भएको छ। प्रधानमन्त्री कार्कीले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएपछि आराध्यदेव पशुपतिनाथलाई धन्यवादस्वरुप उक्त पूजा गर्नु भएको छ ।

मुलुकलाई शान्ति तथा स्थायित्वको मार्गमा अग्रसर गराउन सबैतर्फबाट साथ र सहयोग प्राप्त भएकोमा आफू कृतज्ञ रहेको भन्दै उहाँले आगामी दिनमा मुलुक थप उन्नतिको मार्गतर्फ अग्रसर होस् भनी कामना गर्नु भएको छ।

मुलुकभर सबै नेपालीबीच एकता, सद्भाव र आत्मीयताको भावना बलियो बन्दै जाओस् भनी उहाँले पुकारा समेत गर्नु भएको छ । संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हा, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रकाशमणि शर्मा, कार्यकारी निर्देशक सुवास जोशी लगायत पनि सरिक हुनुन्थ्यो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रास्वपा सांसदको प्रतिबद्धताः अब भाषण होइन, परिणाम

काठमाडौं,४ चैत।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले अब केवल बोल्ने होइन, काम गरेर देखाउने बताएका छन्। पार्टीको अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद आशिका तामाङले

प्रधानमन्त्री कार्कीद्वारा नेकपालाई धन्यवाद, निर्वाचन सफल बनाएकोमा प्रशंसा

काठमाडौं,४ चैत । प्रधानमन्त्री सुशीला कार्कीले आज नेपाली कम्युनिस्ट पार्टीलाई पनि निर्वाचन सफल पार्न भूमिका खेलेकोमा धन्यवाद दिनु भएको छ। नेकपाका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

खोटाङमा हेलिकप्टर दुर्घटना, पाइलटसहित यात्रु सुरक्षित

खोटाङ,४ चैत। खोटाङमा हेलिकप्टर दुर्घटना भएको छ । खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्तम्छा स्थित बालाबेंसीमा काठमाडौंबाट शव लिएर पुगेको हेलिकप्टर अवतरणका क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको

फुटपाथ अतिक्रमण हटाउन गृहमन्त्री महतोको कडा पहल

जनकपुर,४ चैत । जनकपुरधामको सडकपेटी खाली गराउन मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतो आफैं ओर्लिनु भएको छ । जनकपुरधाम उपमहानगरपालिका, जनकपुरधाम उद्योग

“सरकारी वित्तीय संस्था सुधारको सन्देश : ३५ वर्ष नपुग्दै उद्धारको अवस्था”

काठमाडौं,४ चैत । अर्थमन्त्री रामेश्वर खनालले सरकारी स्वामित्वका वित्तीय संस्थाहरूको अवस्था सुधार गर्न नीतिगत स्पष्टता आवश्यक रहेको बताउनु भएको छ्। नागरिक लगानी कोषको ३६ औँ

नेपाली बजारमा सुन–चाँदी दुवैको मूल्य घट्यो , आज कति पुग्यो मूल्य ?

काठमाडौं,४ चैत । नेपाली बजारमा आज(बुधबार)सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार,आज सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँले घटेको हो