फुटपाथ अतिक्रमण हटाउन गृहमन्त्री महतोको कडा पहल

जनकपुर,४ चैत । जनकपुरधामको सडकपेटी खाली गराउन मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतो आफैं ओर्लिनु भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका, जनकपुरधाम उद्योग वाणिज्यसंघ, धनुषा प्रहरी र ट्राफिक प्रहरी कार्यालय धनुषाको समन्वयमा गृहमन्त्री महतो बुधबार विहानैदेखि सडक खाली गराउँदै हिँडनु भएको छ।

 

पर्यटकीय नगरीको रुपमा विकास गर्ने लक्ष्यसहित मधेश प्रदेश सरकारले विभिन्न सरसफाई र शौन्दर्यीकरणका कामहरु अगाडि बढाउने प्रयासरहत गृहमन्त्री महतोले पहिलो चरणमा जनकपुरधामको मठमन्दिर क्षेत्रहरु खाली गराउने उद्येश्यका साथ आफूसहितको टोलीले आज फुटपाथमा व्यवसायी गर्दै आएकाहरुलाई अन्त सर्न अनुरोध गरेको जानकारी दिनु भयो ।उहाँले एकल प्रयासले परिवर्तन सम्भव नहुने बताउँदै सम्पूर्ण स्थानीयवासी, व्यवसायी, नागरिक समाजलाई मिलेर जनकपुरधामको परिवर्तनका लागि साथ दिन अनुरोध गर्नु भएकोे छ ।

 

गृहमन्त्री महतोले जनकपुरधामलाई स्वच्छ, व्यवस्थित, सफा बनाउन व्यवसायीहरुलाई आज पहिलो दिन हात जोडेर आग्रह गर्नु भएको छ । उहाँले भोली उप्रान्त फेरि कुनै व्यवसायीले सडकपेटीमा कुनै किसिमको बाटो जाम गरी व्यापार गरिरहेको पाएमा जनकपुरधाम उपमहानगरपालिकामा सामान सहित बुझाउने चेतावनी दिनु भएको छ । यहाँ उद्योग वाणिज्य संघ, जनकपुरधामका अध्यक्ष सुरेन्द्र भण्डारीले हाल सडकपेटीमा व्यवसाय गर्दै आएकाहरुलाई जनकपुरधामको बाह्रविघा मैदानमा पसल लगाउने वातावरण मिलाएको बताउनु भयो । उहाँले अर्को निर्णय नभएसम्म बाह्रविघा मैदानमा व्यवसायीहरुले आफ्नो ठेला, स्टल लगाउन सक्ने र पछि सर्वपक्षिय निर्णय अनुसार अन्य ठाउँ दिने जानकारी दिनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मल अभावको चेतावनीः युद्धले नेपालको खेतीमा असर

काठमाडौं,४ चैत।पश्चिम एशियामा जारी इरान–इजरायल युद्धले अब सीधै नेपालको कृषि क्षेत्रमा असर पार्न थालेको छ। अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य झण्डै ३० प्रतिशत सम्म बढेको

रास्वपा सांसदको प्रतिबद्धताः अब भाषण होइन, परिणाम

काठमाडौं,४ चैत।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले अब केवल बोल्ने होइन, काम गरेर देखाउने बताएका छन्। पार्टीको अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद आशिका तामाङले

प्रधानमन्त्री कार्कीद्वारा नेकपालाई धन्यवाद, निर्वाचन सफल बनाएकोमा प्रशंसा

काठमाडौं,४ चैत । प्रधानमन्त्री सुशीला कार्कीले आज नेपाली कम्युनिस्ट पार्टीलाई पनि निर्वाचन सफल पार्न भूमिका खेलेकोमा धन्यवाद दिनु भएको छ। नेकपाका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

खोटाङमा हेलिकप्टर दुर्घटना, पाइलटसहित यात्रु सुरक्षित

खोटाङ,४ चैत। खोटाङमा हेलिकप्टर दुर्घटना भएको छ । खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्तम्छा स्थित बालाबेंसीमा काठमाडौंबाट शव लिएर पुगेको हेलिकप्टर अवतरणका क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको

फुटपाथ अतिक्रमण हटाउन गृहमन्त्री महतोको कडा पहल

जनकपुर,४ चैत । जनकपुरधामको सडकपेटी खाली गराउन मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतो आफैं ओर्लिनु भएको छ । जनकपुरधाम उपमहानगरपालिका, जनकपुरधाम उद्योग

“सरकारी वित्तीय संस्था सुधारको सन्देश : ३५ वर्ष नपुग्दै उद्धारको अवस्था”

काठमाडौं,४ चैत । अर्थमन्त्री रामेश्वर खनालले सरकारी स्वामित्वका वित्तीय संस्थाहरूको अवस्था सुधार गर्न नीतिगत स्पष्टता आवश्यक रहेको बताउनु भएको छ्। नागरिक लगानी कोषको ३६ औँ