जेन जि आन्दोलनमा “गोली चलाउने र आगो लगाउने कोको हुन? प्रतिवेदन चाईयो “

अभियान्ताहरूले “भदौ २३ मा कसले गोली चलाउने आदेश दियो?” र “भदौ २४ मा देशभर आगो लगाउने योजनाकार को हुन्?” भन्ने प्रश्न उठाएका थिए।

दमक | ६ चैत |भदौ २३ गतेको गोलीकाण्ड र त्यसको भोलिपल्ट भदौ २४ मा देशभर भएको आगजनी घटनाबारे सत्यतथ्य सार्वजनिक गर्न झापा–५ का जेन–जि समूहले माग गरेका छन्।

आज दमकस्थित गणतन्त्र चोकमा प्लेकार्डसहित प्रदर्शन गर्दै उनीहरूले गौरी बहादुर कार्की आयोगले तयार पारेको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारलाई दबाब दिएका हुन्।

प्रदर्शनका क्रममा अभियान्ताहरूले “भदौ २३ मा कसले गोली चलाउने आदेश दियो?” र “भदौ २४ मा देशभर आगो लगाउने योजनाकार को हुन्?” भन्ने प्रश्न उठाएका थिए। उनीहरूको भनाइमा यी घटनाको वास्तविकता सार्वजनिक नभएसम्म नागरिकमा अन्योल र अविश्वास कायम रहनेछ।
जेन–जि अभियान्ता सुभम सिग्देलले आयोगले प्रतिवेदन सरकारलाई बुझाइसकेको उल्लेख गर्दै अब त्यसलाई जनतामाझ कहिले ल्याइन्छ भन्ने प्रश्न उठाउनुभयो। उहाँले भन्नुभयो, “आयोगले तयार पारेको प्रतिवेदन सरकारलाई बुझाइसकिएको छ, अब राज्यले त्यो प्रतिवेदन जनतालाई कहिले बुझाउने?”

सिग्देलका अनुसार जेन–जि आन्दोलन ‘हाइज्याक’ भएको हो कि होइन भन्ने विषयमा समेत स्पष्टता आवश्यक छ। “भदौ २३ गते जेन–जि आन्दोलनका क्रममा गोली किन चल्यो? कसले आदेश दियो? तत्कालीन प्रधानमन्त्री वा अन्य जो भए पनि उनीहरू कारबाहीको दायरामा आउनुपर्छ,” उहाँले भन्नुभयो।

त्यस्तै, भदौ २४ मा देशका प्रमुख निकायहरू लक्षित गरी भएको आगजनी घटनामा संलग्न योजनाकार र आदेश दिने व्यक्तिलाई पनि कानुनी कारबाही गर्नुपर्ने माग उनले राख्नुभयो।

प्रदर्शनकारीहरूले आयोगको प्रतिवेदन निष्पक्ष र तथ्यपरक हुनुपर्नेमा जोड दिँदै कुनै एक पक्षलाई मात्र लक्षित नगरी समग्र सत्य उजागर गर्नुपर्ने बताएका छन्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हिमालमा थुप्रिएको फोहोर र शवप्रति सांसदहरूको चिन्ता

काठमाडौं,१२ जेठ । प्रतिनिधि सभाको आजको बैठकमा ‘पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरिएको छ । मंगलबार बसेको बैठकमा संस्कृति, पर्यटन तथा

दुर्गा प्रसाईँ साधारण तारेखमा रिहा

रौतहट,१२ जेठ । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईँ मंगलबार पर्सा जिल्ला अदालतको आदेशपछि हिरासतमुक्त हुनु भएको

झापामा हावाहुरी : कहाँ कहाँ कस्तो असर र क्षती? पुर्व विवरण सहित

दमक, १२ जेष्ठ | गएराति वर्षासँगै आएको तीव्र हावाहुरीका कारण झापाका गौरादह, हल्दिबारी, दमक, बिर्तामोड तथा मेचीनगर क्षेत्रमा व्यापक भौतिक क्षति पुगेको छ । विभिन्न

देशमा बादर आतङकको ठुलो बहस,के बादरलाइ मार्नु नै अन्तिम बिकल्प हो त ?

नेपालका धेरै गाउँ–सहरमा अहिले बादर आतंक एउटा ठूलो र जटिल समस्याका रूपमा देखा परेको छ। किसानले दुःख गरी लगाएको मकै, धान, गहुँ, आलु र तरकारीदेखि

नागरिकको जीवनस्तर उकास्न र सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीको दाबी

काठमाडौं,१२ जेठ ।प्रधानमन्त्री वालेन्द्र शाहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफू नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा