दमक |६ चैत्र | दमक नगरपालिकामा मेयर र उप मेयरको द्वन्दकै बिचपनी १८ औ नगरसभा सम्पन्न भएको छ ।
नगर प्रमुख राम कुमार थापाले बैठकको प्रारम्भ गर्दै सभामा बिषयबस्तु राखेपछि बैठक प्रारम्भ भएको थियो ।
यसपछि बैठकमा कसले के के विषय प्रस्तुत गर्ने भन्ने बारेमा पनि सभाका सभाध्यक्ष समेत रहनुभएका दमक नगरपालिकाका नगरप्रमुख रामकुमार थापाले विषय प्रवेश गराउनुभयो। सोही क्रममा दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईले पेश गर्नुपर्ने प्रस्ताव तथा प्रतिवेदन समेत उल्लेख गरिएको थियो। तर आज उपप्रमुख भट्टराई नगरसभामा सहभागी नहुने भनेर नगरसभा सुरु अगाडि नै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिसक्नुभएको थियो।
यद्यपि नगर प्रमुख थापाले सभाको बैठकमा उपप्रमुखको उपस्थिति भयो कि भएन भनेर उपस्थिति बहिखाता चेकजाँच गर्नुभयो। त्यहाँ उपप्रमुखको अनुपस्थिति देखिएपछि १० मिनेटका लागि बैठक स्थगित गरेर तत्काल कार्यपालिकाको बैठक बस्ने निर्णय सुनाउनुभयो।
स्थगित गरिएको बैठक पछि कार्यपालिकाको बैठक बस्यो ।कार्यपालिकाको बैठकले उपप्रमुख भट्टराईको अनुपस्थिति रहेकोले उहाँ संयोजक रहेका समितिहरूको प्रतिवेदन र प्रस्तावहरू सो समितिका अन्य सदस्यहरूले पेश गर्ने गरी कार्यपालिकामा सहमति सहित निर्णय गरियो र सभा अघि बढ्यो ।
यसरी बढेको१८ औ सभाले विभिन्न प्रतिवेदनहरु पेश गर्दै सम्पन्न भएको छ ।
यसै क्रममा आर्थिक वर्ष २०८२८३ का लागि विनियोजन गरिएको बजेट तथा नीति तथा कार्यक्रम समेत परिमार्जनका लागि प्रस्ताव गरेको छ।
सो क्रममा चालु आर्थिक बर्षको दश महिनाको अवधि सम्ममा १७ औं नगरसभाद्धारा स्वीकृत रु १ अर्व ४७ करोड बजेटबाट अधिकांश कार्यक्रमहरु कार्यान्वयनको चरणमा रहि कुनै आयोना सम्पन्न हुने अवस्थामा पुगेको , कुन आयोजना संचालनको चरणमा रहेको र कुनै आयोजनाहरु संशोधन गर्नुपर्ने अवस्थामा रहेको भन्नेबाते समेत जानकारी गराईएको थियो ।
यस अवधिमा कुल आय मध्ये संधीय सरकारबाट रु ३४ करोड ३८ लाख ३३ हजार , प्रदेश सरकारबाट १ करोड ३८ लाख , राजश्व बॉँडफाँडबाट रु १२ करोड ७५ लाख, आन्तरीक स्रोत तर्फ रु १२ करोड ८६ लाख गरी कुल रु ६४ करोड आम्दानी प्राप्त भएको छ भने , खर्च तर्फ चालु खर्च रु ३५ करोड ८९ लाख र पूँजीगत खर्च रु ११ करोड १७ लाख गरि कुल रु ४७ करोड ६ लाख खर्च भएको छ ।
यस अवस्थामा विनियोजन ऐन २०८२ को कुल बजेटमा कुनै परिवर्तन नभई कार्यक्रमहरु मात्रैसंशोधन गर्न नगतसभामा पेष गरिएको छ ।









