अर्थतन्त्र ‘भोलाटाइल’ अवस्थामा, निजी क्षेत्रको मनोबल खस्कियो : अग्रवाल

काठमाडौं,७ चैत । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपालको अर्थतन्त्र अत्यन्तै अस्थिर (भोलाटाइल) अवस्थामा पुगेको बताउनु भएको छ ।
नेपाल व्यापार संघको ३३औं वार्षिक साधारण सभा तथा १७औं अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले अर्थतन्त्र सिथिल रहेको उल्लेख गर्नु भएकोे छ । उहाँले आर्थिक वर्ष २०८१÷८२ मा ४.४ प्रतिशत आर्थिक वृद्धिदर प्रक्षेपण गरिएको भए पनि कोभिड–१९ को नकारात्मक प्रभाव तथा त्यसपछिको कुशल व्यवस्थापनको अभावका कारण स्थिति बिग्रिएको बताउनु भयो ।

 

उहाँले भन्नु भयो, ‘नेपालको अर्थतन्त्र अत्यन्तै अस्थिर (भोलाटाइल) भएर गएको अवस्था छ । अर्थतन्त्र शिथिल छ । अर्थतन्त्रको आर्थिक वृद्धिदर ८१–८२ मा ४.४ प्रक्षेपण गरिने थियो । तर कोभिड १९ को नकारात्मक प्रभाव र त्यसपछिको कुशल व्यवस्थापनको अभावले नै भदौ २३ र २४ गते जेनजी आन्दोलन हुन गयो । आन्दोलनको क्रममा निजी क्षेत्रका औद्योगिक व्यवसायीक प्रतिष्ठानहरुको झण्डै ८० अर्ब जतिको क्षति भयो । समग्र व्यवसायी औद्योगिक वातावरणमा नकारात्मक असर पर्न पुग्यो । निजी क्षेत्रको मनोबल अत्यन्त न्यून हुन गयो ।’ उहाँका अनुसार भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा निजी क्षेत्रका औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानहरूमा करिब ८० अर्ब रुपैयाँ बराबरको क्षति भएको थियो । यसले समग्र व्यवसायिक तथा औद्योगिक वातावरणमा नकारात्मक असर पारेको र निजी क्षेत्रको मनोबल अत्यन्त न्यून भएको उहाँले बताउनु भयो ।

 

अध्यक्ष अग्रवालले अपार प्राकृतिक स्रोतले सम्पन्न देश भए पनि राजनीतिक तथा आर्थिक नीतिगत स्थायित्वको अभावले आर्थिक समृद्धि हासिल गर्न नसकिएको उल्लेख गरे । साथै, युवा जनशक्तिका लागि पर्याप्त रोजगारी सिर्जना गर्न नसकिएको पनि उहाँले बताउनु भयो । उहाँले भन्नु भयो, ‘अपार प्राकृतिक स्रोतले भरिएको हाम्रो देशमा राजनीतिक स्थायित्व, अर्थ नीतिको स्थायित्वको अभावले देशको आर्थिक समृद्धि त परै जाओस्, हाम्रो युवा जनशक्तिलाई हामीले रोजगारी सिर्जना गर्न समेत सकिएन ।’
उहाँले दैनिक २५ सयभन्दा बढी युवाहरू रोजगारीको अभावमा विदेशिनुपर्ने बाध्यता रहेको बताउनु भयो । जुन युवाहरूमा बढ्दो असन्तुष्टिको प्रमुख कारण बनेको र यही असन्तुष्टि जेनजी आन्दोलनको मुख्य कारणसमेत रहेको उहाँले बताउनु भयो ।
उहाँले भन्नु भयो, ‘प्रतिदिन २५ सय भन्दा बढी युवाहरु स्वदेशमा रोजगारीको अभावले विदेशिनुपर्ने बाध्यता नै युवाहरुमा देखिएको असन्तुष्टिको मूल कारण समेत जेनजी आन्दोलन थियो ।’

 

अग्रवालले जेनजी पुस्ताले अघि सारेका सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र आर्थिक समृद्धिका मागहरूलाई महत्वपूर्ण ठहर गर्दै यी विषयहरू देशको विकासका आधारस्तम्भ भएको उल्लेख गर्नु भयो । उहाँले सुशासनलाई युवाहरूको भविष्यप्रतिको भरोसाको रूपमा व्याख्या गर्दै भ्रष्टाचार उन्मूलन तथा विदेशमा हासिल गरेका अनुभवलाई स्वदेशमै सकारात्मक रूपमा प्रयोग गर्नुपर्नेमा जोड दिनु भयो ।
‘जेनजी पुस्ताले अघि सारेका मागहरु सुशासन, भ्रष्टाचार निवारण र रोजगारी सिर्जना, आर्थिक समृद्धिको पहिलो खुड्किलो हुन् । सुशासन युवाहरुको भविष्यप्रतिको भरोसा हो । भ्रष्टाचार उन्मुलन र विदेशमा हासिल गरेको अनुभवलाई यहाँ हामीले सकारात्मक रुपमा प्रयोग गर्न आवश्यक छ,’ उहाँले भन्नु भयो।

उहाँले जेनजी आन्दोलन पछि नेपाल राजनीतिक रूपमा संवेदनशील मोडमा पुगेको बताउनु भयो । तर हालै सम्पन्न निर्वाचनको परिणामले आशा जगाएको उल्लेख गर्दै आगामी सरकारले निजी क्षेत्रको सुरक्षा सुनिश्चित गर्नुपर्ने माग गर्नु भयो ।
उहाँले भन्नु भयो, ‘जेनजी आन्दोलनपछि नेपालको राजनीतिक संवेदनशील मोडमा पुगिसकेको थियो । तर हालै सम्पन्न निर्वाचनको परिणामले ठूलो आशाको संञ्चार गरेको छ । आगामी सरकारले निजी क्षेत्रको सुरक्षाको प्रत्याभूति दिन माग गर्दछौं ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।