माइतीघरमा जातीय विभेदविरुद्ध आवाज, “अब विभेद स्वीकार्य छैन”

काठमाडौं,७ चैत । आज काठमाडौंको माइतीघरमा जातीय विभेद उन्मूलन दिवसको अवसरमा ध्यानाकर्षण सभा गरिएको हो । ६१ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा शनिबार संयुक्त राजनीतिक दलित संघर्ष समितिले उक्त ध्यानाकर्षण सभाको आयोजना गरेको हो । सभालाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले जातीय विभेद कुनै पनि हालतमा स्वीकार्य नहुने बताउनु भएको छ ।

 

उहाँले संविधान, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनहरूले समेत जातीय विभेदलाई अस्वीकार गर्ने व्यवस्था गरेको उल्लेख गर्दै भन्नु भयो, ‘जातीय विभेद वा कुनै पनि विभेद हामी स्वीकार्न सक्दैनौं भन्ने कुरा हाम्रो संविधानले स्पष्ट बोलेको छ । नेपाल अन्तर्राष्ट्रिय सन्धि–सम्झौतामा पक्ष राष्ट्रका रूपमा हस्ताक्षरकर्ता पनि हो। तर आजसम्म पनि हामीले यस्तो अन्याय र अत्याचार भोगिरहेका छौं।’ उहाँले देश परिवर्तनको संघारमा रहेको उल्लेख गर्दै आगामी सरकारले उत्पीडित तथा पछाडी परेका समुदायलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता रहेको बताउनु भयो। ‘हामी नयाँ परिवर्तनको संघारमा उभिएका छाँै, देश परिवर्तनको संघारमा उभिँदै गर्दा यहीँबाट खबरदार गर्न चाहान्छौं । बन्दै गरेको सरकारले उत्पीडनमा परेका, पछाडी परेका समुदायलाई प्राथमिकतामा राख्नुपर्छ,’ उहाँले भन्नु भयो ।

 

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।