झापामा जनप्रतिनिधिले आफ्नो पदीय जिम्मेवारी भुलेपछी

वडा अध्यक्ष र कर्मचारीहरूलाई गालीगलौज, धाकधम्की

दमक| ८ चैत | स्थानीय सरकारको जिम्मेवारी सम्हाल्ने जनप्रतिनिधिले नै पदको मर्यादा भुलेर वडा कार्यालयभित्रै अभद्र व्यवहार गरेपछि गौरीगञ्ज गाउँपालिकामा तनावको अवस्था सिर्जना भएको छ।

 

गौरीगञ्ज गाउँपालिका–६ स्थित वडा कार्यालयमा वडा सदस्यले मदिरा सेवनको अवस्थामा वडा अध्यक्ष र कर्मचारीहरूलाई गालीगलौज, धाकधम्की र अपमानजनक व्यवहार गरेपछि प्रहरीको नियन्त्रणमा पुगेका छन्।

 

डौवाबारी बस्ने करिब ३२ वर्षीय नितेश कुमार साहले सोही दिन बिहान करिब ११ बजे वडा कार्यालयमै वडा अध्यक्ष बद्री नारायण यादव सहित उपस्थित कर्मचारीहरूलाई अपशब्द प्रयोग गर्दै अभद्र व्यवहार गरेको आरोप छ।

 

घटना पछि पीडित पक्षले शनिबार साँझ इलाका प्रहरी कार्यालय गौरीगञ्जमा लिखित उजुरी दिएका थिए।

 

उजुरीका आधारमा सोही दिन साँझ ६ बजे प्रहरी टोली खटिएर वडा सदस्य साहलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

 

उनीमाथि मुलुकी अपराध संहिता २०७४ अन्तर्गत अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ। जिल्ला प्रशासन कार्यालय झापाबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।