विश्व मौसम दिवस : जलवायु परिवर्तनको बढ्दो चुनौती

काठमाडौं,९ चैत । हरेक वर्ष २३ मार्चमा विश्व मौसम दिवस मनाउने गरिन्छ । यसै अवसरमा नेपालमा पनि आज विभिन्न कार्यक्रमहरु गरी मौसम दिवस मनाइदैछ । विश्व मौसम संगठन सम्बन्धी महासन्धि कार्यान्वयनमा आए पछि सन् १९५० देखि विश्व मौसम दिवस मनाउन थालिएको हो ।

 

मौसम दिवसमा बढ्दो सहरीकरणका कारण वातावरण र मौसममा परेको प्रभाव तथा रोकथामका लागि विभिन्न चेतनामूलक कार्यक्रम हुँदै आएको छ । यसै सन्दर्भमा वरिष्ठ मौसमविद् विभूति पोखरेलसँग गरेको कुराकानीमा उहाँले नेपालमा मौसम पूर्वानुमानको वर्तमान अवस्था, चुनौती र जलवायु परिवर्तनका असरबारे महत्वपूर्ण धारणा व्यक्त गर्नु भएको छ् ।

 

उहाँका अनुसार नेपालमा वर्षभरको मौसम कस्तो हुन्छ भनेर एकैपटक पूर्वानुमान गर्ने अभ्यास नभए पनि सिजनल रूपमा जस्तै आगामी ६ महिना मनसुन कस्तो हुन्छ वा हिउँद कस्तो रहनेछ भन्ने पूर्वानुमान गर्ने गरिएको छ । समग्र वर्ष नै यस्तो हुन्छ भनेर निकाल्ने होइन, तर सिजन अनुसार हामी पूर्वानुमान गर्छौं उहाँले बताउनु भयो।

 

उहाँले पछिल्लो समय जलवायु परिवर्तनका कारण तापक्रम बढ्ने, विषम मौसमी घटना बढ्ने सम्भावना पनि क्रमश बढ्दै गएको उल्लेख गर्नु भएको छ। मौसम पूर्वानुमान प्रक्रिया बारे स्पष्ट पार्दै उहाँले जल तथा मौसम विज्ञान विभाग अन्तर्गत देशका विभिन्न स्थानमा रहेका अवलोकन केन्द्रबाट सङ्कलित तथ्यांकको विश्लेषण गरेर पूर्वानुमान गरिने जानकारी दिइनु भयो । ‘हामीले विभिन्न ठाउँबाट आएका डाटालाई केलाउँछौं । अहिले नयाँ प्रविधिहरू पनि आएका छन । साथै स्याटेलाइटबाट प्राप्त तस्बिरहरूको विश्लेषण गरेर हामी मौसम पूर्वानुमान गर्छौं,’उहाँले भन्नु भयो।

 

नेपालको भौगोलिक अवस्थाका कारण मौसम पूर्वानुमान चुनौतीपूर्ण हुने उहाँले बताउनु भयो तराई, पहाड र हिमाली क्षेत्रको विविध भूगोलका कारण एउटै स्थानको पूर्वानुमान सबै ठाउँमा लागू नहुने उहाँको भनाइ छ । हाम्रो भूगोल जटिल छ, त्यसैले पूर्वानुमान पनि त्यहीअनुसार चुनौतीपूर्ण हुन्छ, उहाँले स्पष्ट पार्नु भयो ।

 

प्रविधिको हिसाबले विकसित राष्ट्रको तुलनामा नेपाल केही पछि भए पनि नेपाली प्राविधिकहरू सक्षम रहेको उहाँले उल्लेख गर्नु भयो । विश्वव्यापी रूपमा मौसमसँग ‘सम्बन्धित प्रविधि साझा हुने भएकाले नेपालले पनि त्यसबाट लाभ लिइरहेको उहाँले बताउनु भयो। यो जनधनसंग सम्बन्धित विषय भएकाले प्रविधि सेयर हुन्छ । तर नेपालमा भौगोलिक अवस्थाका कारण प्रविधि विस्तार गर्न धेरै खचै लाग्छ । स्रोत र जनशक्ति पनि पर्याप्त छैन,’ उहाँले भन्नु भयो ।

 

जनतासम्म पूर्वानुमान पुर्याउने विषयमा विभागले विभिन्न माध्यम अपनाइरहेको उहाँले जानकारी दिनु भएको छ । सामाजिक सञ्जाल, एसएमएस, फोन कल लगायतका माध्यम प्रयोग भइरहेको र थप प्रभावकारी प्रणाली भित्र्याउने प्रयास जारी रहेको उहाँले बताउनु भयो ।

 

हाल विभागले सतर्कता प्रणाली लागू गर्ने तयारी गरिरहेको र साथै आइभिआर प्रणाली पनि नेपालमा भित्र्याउने प्रयास भइरहेको उहाँले जानकारी दिनु भयो । तत्कालीन मौसम अवस्थाबारे बोल्दै उनले वर्षा हुनु सकारात्मक पक्ष भएको बताउनु भयो । “वर्षा आफैंमा राम्रो हो, यसले बालीनाली र पानीका स्रोतलाई सहयोग गर्छ,” उहाँले भन्नु भयो ।

 

तर वर्षासँगै असिना, हावा, हुरी, मेघगर्जन र चट्याङका कारण क्षति पनि हुने भएकाले यसलाई दुवै दृष्टिकोणबाट हेर्नुपर्ने उहाँको भनाइ छ । उहाँले कुनै पनि विषम मौसमी घटनाले बालीनाली मात्र नभई मानिसको दैनिक जीवनयापनमा समेत प्रभाव पार्ने भएकाले सचेत रहन आवश्यक रहेको बताउनु भयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हिमालमा थुप्रिएको फोहोर र शवप्रति सांसदहरूको चिन्ता

काठमाडौं,१२ जेठ । प्रतिनिधि सभाको आजको बैठकमा ‘पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरिएको छ । मंगलबार बसेको बैठकमा संस्कृति, पर्यटन तथा

दुर्गा प्रसाईँ साधारण तारेखमा रिहा

रौतहट,१२ जेठ । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईँ मंगलबार पर्सा जिल्ला अदालतको आदेशपछि हिरासतमुक्त हुनु भएको

झापामा हावाहुरी : कहाँ कहाँ कस्तो असर र क्षती? पुर्व विवरण सहित

दमक, १२ जेष्ठ | गएराति वर्षासँगै आएको तीव्र हावाहुरीका कारण झापाका गौरादह, हल्दिबारी, दमक, बिर्तामोड तथा मेचीनगर क्षेत्रमा व्यापक भौतिक क्षति पुगेको छ । विभिन्न

देशमा बादर आतङकको ठुलो बहस,के बादरलाइ मार्नु नै अन्तिम बिकल्प हो त ?

नेपालका धेरै गाउँ–सहरमा अहिले बादर आतंक एउटा ठूलो र जटिल समस्याका रूपमा देखा परेको छ। किसानले दुःख गरी लगाएको मकै, धान, गहुँ, आलु र तरकारीदेखि

नागरिकको जीवनस्तर उकास्न र सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीको दाबी

काठमाडौं,१२ जेठ ।प्रधानमन्त्री वालेन्द्र शाहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफू नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा