“कुखुरामा देखिने बर्डफ्लु ले मानव स्वास्थ्यमा असर गर्दैन “

दमक , ९ चैत । दमकको कुखुरा व्यवसाय फेरि एक पटक बर्डफ्लूको चपेटामा परेको छ। लेयर्स कुखुरा पालन गरेर राम्रो आम्दानी गर्दै आउनुभएका दमक–१० का देवेन्द्र प्रसाईंको फार्ममा भएको घटनाले अहिले स्थानीय पोल्ट्री व्यवसाय नै तरंगित बनाएको छ। प्रसाईंले करिब २० हजार कुखुरा पाल्नुभएको थियो। सबै कुरा सामान्य चलिरहेको थियो। तर चैत २ गते बेलुकासम्म ठीकठाक देखिएका कुखुरा भोलिपल्ट बिहान खोरमै लडेको अवस्थामा भेटिए। सुरुमा हावाहुरी वा मौसमको असर हुनसक्ने अनुमान गरेर उहाँले आफूलाई सम्हाल्ने प्रयास गर्नुभयो।

 

तर शंका हटेन। नमुनाका रूपमा एउटा मरेको कुखुरा परीक्षणका लागि प्रयोगशालामा पठाइयो। आइतबार आएको रिपोर्टले सबै शंका तोडिदियो। कुखुरामा बर्डफ्लू पुष्टि भयो। त्यसपछि स्थिति झन् गम्भीर बन्यो। हालसम्म प्रसाईंको फार्ममा ११ हजारभन्दा बढी कुखुरा मरेका छन् भने करिब ३ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ।

 

यो घटना सार्वजनिक भएपछि र स्थानीय तहले सचेत रहन आग्रह गर्दै सूचना जारी गरेपछि बजारमा पनि असर देखिन थाल्यो। उपभोक्तामा डर फैलिँदा दमक क्षेत्रका कुखुराको मासु र अण्डाको बिक्री लगभग ठप्पजस्तै भएको व्यवसायीहरू बताउँछन्। तर विशेषज्ञहरूले भने यसबारे फैलिएको त्रास अतिरञ्जित भएको स्पष्ट पारेका छन्। कुखुरा पालक संघको भर्चुअल पत्रकार सम्मेलनमा बोल्दै प्राध्यापक डा. सुमिर सिंहले बर्डफ्लू मानव स्वास्थ्यमा सर्ने रोग नभएको दाबी गर्नुभयो। उहाँका अनुसार यो भाइरस कुखुरामा मात्र सक्रिय हुन्छ र उचित तरिकाले पकाएर खाँदा कुनै जोखिम हुँदैन।

 

उहाँले थप स्पष्ट पार्दै भन्नुभयो, “यदि यो भाइरस मानवमा सजिलै सर्ने हुन्थ्यो भने हामी जस्ता प्रयोगशालामा काम गर्नेहरू सबैभन्दा बढी जोखिममा हुन्थ्यौं। तर वास्तविकता त्यस्तो होइन।” डा. सिंहका अनुसार कुखुरा जीवित अवस्थामा हुँदा भाइरस सक्रिय हुन्छ, तर मरेपछि यो निष्क्रिय हुने भएकाले मासु र अण्डा राम्रोसँग पकाएर सेवन गर्दा कुनै असर गर्दैन। यसैबीच कुखुरा पालक संघ कोशी प्रदेशका अध्यक्ष माधव पराजुलीले गलत सूचना र बुझाइका कारण किसान ठूलो आर्थिक संकटमा पर्ने अवस्था आएको बताउनुभयो। उहाँले एकै दिनको अफवाहले लाखौँदेखि करोडौँसम्मको क्षति हुने अवस्था सिर्जना भएको भन्दै चिन्ता व्यक्त गर्नुभयो।

 

उहाँले अर्को पक्षतर्फ पनि ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो। गलत समयमा फैलिने डरका कारण छिमेकी देशबाट अवैध रूपमा कुखुरा तथा अण्डा भित्रिने जोखिम बढ्ने र त्यसले झन् ठूलो संक्रमणको खतरा निम्त्याउन सक्ने उहाँको भनाइ छ। अहिले दमकको पोल्ट्री व्यवसाय दुई किसिमको दबाबमा छ। एकातिर रोगको वास्तविक क्षति, अर्कातिर बजारमा फैलिएको डर र भ्रम। विशेषज्ञहरूले भने तथ्यमा आधारित सचेतना मात्र अपनाउन आग्रह गरेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।