झापा,९ चैत। बिर्तामोडमा ६ वर्षको छोरालाई निर्घात कुटपिट गरी घाइते बनाउने आमा पक्राउ परेको प्रहरीले जनाएको छ।पक्राउ पर्नेमा बिर्तामोड ५बस्ने बर्ष २५की सुमित्रा लामगादे रहेकी छन् ।
शनिवार दिउँसो ४बजे सुमित्राले आफ्ना छोरा बर्ष ६ का रुक्सन लामगादेलाई निर्घात कुटपिट गरेकी थिइन् । रुक्सनको शरीरको बिभिन्न भागमा निलडाम तथा चोटपटक लागेपछि हिजो विहान ११ बजे उनी पढ्ने सुनगाभा बोर्डिङ स्कुलले इलाका प्रहरी कार्यालय बिर्तामोडमा जानकारी गराएको थियो ।प्रहरी टोली खटिएर कुटपिट गर्ने आमालाई सुमित्रालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
घाइते बालकलाई हजुरबुबाको साथमा उपचारको लागि आशा मेडिकल पठाइएको छ । आमा सुमित्रालाई क्षितिज सुधारकेन्द्रमा लगी राखिएको प्रहरीले बताएको छ ।









