लगानीमैत्री कानुन सुधारको माग

काठमाडौं,९ चैत । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीमैत्री वातावरण निर्माणका लागि कानुनी सुधार आवश्यक रहेको बताउनु भएको छ। नेपाल उद्योग वाणिज्य महासंघका भावी अध्यक्ष अञ्जन श्रेष्ठ समूहको पदाधिकारी तथा कार्यकारिणी सदस्य घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले लगानी वातावरण सुधारका लागि राष्ट्रिय बहस आवश्यक रहेको उल्लेख गर्नु भएको छ ।

 

उहाँले भन्नु भयो, ‘नेपालमा लगानीको वातावरण हुन सकेन, त्यसका लागि कानुनहरू परिवर्तन गर्नुपर्छ भन्ने विषयमा हामीले राष्ट्रिय बहस सुरु गर्नुपर्ने आवश्यकता औँल्यायौं । सो बहसमा सबै राजनीतिक दल, निजी क्षेत्रलगायत सरोकारवालालाई सहभागी गराएर छलफल गर्नुपर्नेमा जोड दिएका थियौं । त्यसकै परिणामस्वरूप नेपाल सरकारले उच्चस्तरीय आर्थिक सुधार आयोग गठन गर्यो ।’ अध्यक्ष ढकालले उक्त आयोगले परम्परागत कानुनहरू परिवर्तन गर्न विभिन्न सुझावहरू दिएको बताउनु भयो । वर्तमान अर्थमन्त्रीको संयोजकत्वमा गठन भएको आयोगले दिएका सुझावका आधारमा करिब ३० भन्दा बढी कानुनहरू संशोधन भइसकेका छन् भने केही कानुनहरू परिवर्तन हुने क्रममा रहेको उनले जानकारी गराउनु भयो।

 

उहाँले भन्नु भयो, ‘वर्तमान अर्थमन्त्रीको संयोजकत्वमा उच्च स्तरीय आर्थिक सुधार आयोग गठन गर्यौं । त्यो आयोगले धेरै सुझावहरु दियो । आयोगको सुझावको आधारमा करिब ३० भन्दा बढी कानुनहरु परिवर्तन भयो । कतिपय कानुनहरु परिवर्तन हुने क्रममा छन् । त्यसमा निजी क्षेत्रको प्रतिनिधित्वको रुपमा म पनि एउटा सदस्यको रुपमा काम गरेको थिए ।’
उहाँले निजी क्षेत्रको प्रतिनिधिका रूपमा आफू पनि उक्त आयोगमा सदस्यका रूपमा संलग्न रहेको जानकारी दिनु भयो । साथै, व्यवसायीहरूलाई दीर्घकालदेखि प्रभावित पार्दै आएको कालोबजारी ऐनलगायतका विभिन्न कानुनहरूमा समेत सुधार भएको उहाँले बताउनु भयो ।

 

उहाँले भन्नु भयो, ‘निजी क्षेत्रको वर्षौदेखिको एउटा कालो बजारी ऐन जुन चिजले व्यवसायीको घाँटीमा तरबार झुण्ड्याएको जस्तो कानुनहरु थियो । त्यो लगायत धेरै कानुनहरु परिवर्तन भए । कतिपय कानुनहरु अझै परिवर्तन हुने क्रममा रहेको कुरा पनि जानकारी गराउन चाहन्छु ।’

 

यसैगरी, अध्यक्ष ढकालले नेपालमा सम्भावना छैन भन्ने नकारात्मक धारणा तोड्न निजी क्षेत्रले प्रयास गरेको बताए । ‘नेपालमा घरेलु पूँजी परिचालन गरेर पनि ठूला आयोजना सञ्चालन गर्न सकिन्छ भन्ने सन्देश दिनका लागि हामीले १० अर्ब रुपैयाँको ‘नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड कम्पनी’ अगाडि बढाएका छौं,’ उहाँले भन्नु भयो।
उक्त कम्पनीले क्रमशः आफ्नो काम अघि बढाइरहेको जानकारी पनि उहाँले कार्यक्रममा दिनु भएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।