ऐतिहासिक विरासत बोकेको कांग्रेसलाई सुदृढ बनाउन पार्टी एकताको आवश्यक छ : नैनसिंह

चितवन, १० चैत । नेपाली कांग्रेसका नेता नैनसिंह महरले ऐतिहासिक विरासत बोकेको कांग्रेसलाई थप सुदृढ बनाउन पार्टी एकता नै आजको प्रमुख आवश्यकता रहेको बताउनु भएको छ ।

 

नेपाली कांग्रेस चितवनद्वारा आयोजित ‘भेटघाट तथा विमर्श’ कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले कांग्रेसको गौरवशाली इतिहास र यसले स्थापनाकालदेखि अङ्गालेको मध्यममार्गी लोकतान्त्रिक विचारलाई अझै उचाइमा पु¥याउनुपर्नेमा जोड दिनुभयो । उहाँले पार्टीभित्रको वैचारिक बहुलता र आन्तरिक लोकतन्त्रलाई नै कांग्रेसको सुर्वाङ्गीण शक्तिु का रूपमा व्याख्या गर्नुभयोे ।

 

बीपी कोइराला र सुवर्ण शमशेरले दुई भिन्न शक्तिलाई एकीकृत गरेर कांग्रेस निर्माण गरेको ऐतिहासिक तथ्य स्मरण गर्दै नेता महरले सोही एकताको जगमा उभिएर आज झन् सशक्त र एकताबद्ध कांग्रेस निर्माणको संकल्प गर्नुपर्ने बताउनुभएको हो । उहाँले पार्टीलाई अझै जनमुखी बनाउन नेतृत्वदेखि तल्लो तहसम्म निर्मम आत्मसमीक्षा गर्दै अघि बढ्नुपर्ने र पार्टीभित्रका विविध विचार तथा दृष्टिकोणहरूलाई उच्चतम सहिष्णुताका साथ आत्मसात् गर्नुपर्ने औंल्याउनु भयो ।

 

विश्व राजनीतिका सकारात्मक दृष्टान्तहरू प्रस्तुत गर्दै उहाँले बेलायतको लेबर पार्टीले गरेको ऐतिहासिक पुनरुत्थानबाट पाठ सिकेर कांग्रेसले पनि रणनीतिक पुनर्जागरणको बाटो तय गर्नुपर्ने उल्लेख गर्नुभयो ।

विगतका गुटगत किचलो र आन्तरिक शक्ति सङ्घर्षका विषयहरूलाई गौण मान्दै अबको यात्रा ुएकताबद्ध कांग्रेसु का लागि मात्र केन्द्रित हुनुपर्ने उहाँको भनाइ थियो । आगामी महाधिवेशनमार्फत पार्टीको साङ्गठनिक र वैचारिक पुनर्संरचना गर्दै हिजोका सबै आग्रह पूर्वाग्रह त्यागेर शून्यबाटै नवीन यात्रा थाल्नुपर्नेमा उहाँले जोड दिनुभयो । लोकतन्त्रको रक्षा र देशको सामाजिक÷आर्थिक रूपान्तरणको नेतृत्व गर्न कांग्रेसले आफैँभित्रको एकतालाई पहिलो सर्त बनाउनुपर्ने धारणा राख्दै उहाँले पार्टी र राष्ट्रको हितलाई केन्द्रमा राखेर सबैले व्यक्तिगत कुन्ठा त्याग्नुपर्ने अपरिहार्यता रहेको समेत बताउनु भयो त्यसका लागि देशभरका सबै लोकतन्त्रवादी एक ठाउँमा आउनुपर्ने महरको भनाई छ ।

 

‘हामी सबैका कुण्ठा, आवेग, हिजो अतिरञ्जनापूर्ण अभिव्यक्ति, नियमित र विशेष महाधिवेनका नाममा विभक्त सबैले पार्टी निर्माणका लागि १५औं महाधिवेशनमा सबैको साझा पार्टी निर्माण गरेर अगाडि बढ्ने अभियानमा लागौं। त्यसरी अगाडि बढ्न सकेनौं भने नेपाल र कांग्रेसको इतिहास जोगाउन चुक्ने छौुं’ उहाँले भन्नुभयोे। ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धनकुटामा साढे दुई करोडको आठपहरिया सङ्ग्रहालय अलपत्र

धनकुटा,१९ कार्तीक । आठपहरिया समुदायको मौलिक कला, संस्कृति, इतिहास र परम्परागत जीवनशैली संरक्षण गर्ने उद्देश्यले धनकुटामा दुई करोड ५८ लाख रुपैयाँ खर्चेर निर्माण गरिएको आठपहरिया

तुलसी सहकारीका पीडितसँग दमकमा प्रशासनको छलफल, बचत फिर्ताको प्रक्रिया अघि बढाउने प्रतिबद्धता

दमक, १९ कात्तिक । लामो समयदेखि बचत रकम फिर्ता नपाएर समस्यामा परेका तुलसी बहुमुखी सहकारीका दमक शाखाका बचतकर्ताको समस्या समाधानका लागि झापाको स्थानीय प्रशासनले पहल

दमकमा ५० विगाह क्षेत्रफल जग्गामा बन्दै छ बहुउद्देश्यीय पार्क, लगानी नगरपालिकाले खोज्ने

दमक, १९ कार्तिक । दमकमा घुम्न जाने ठाउँ खासै छैन । जति छ एउटा दमक फन पार्क अर्को दमक १० मा रहेको इन्द्रेणी ताल ।

ग्यास उद्योग मर्जरका लागि आयकर छुटको माग

काठमाडौं,१९ कार्तीक । नेपाल एल.पि. ग्यास उद्योग संघले ग्यास उद्योगहरू एक–आपसमा गाभ्न (मर्जर) का लागि आयकर छुटको व्यवस्था मिलाइदिन नेपाल आयल निगमसँग माग गरेको छ

भ्रष्टाचार मुद्दाका प्रतिवादी मन्त्रीसँगै सार्वजनिक कार्यक्रममा

इटहरी,१९ कार्तीक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भ्रष्टाचार मुद्दामा विशेष अदालतमा प्रतिवादी बनाइएका कोशी प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष बसन्तराज अर्याल प्रदेश सरकारका मन्त्रीसँगै सार्वजनिक

सुनकोशी–मरिन डाइभर्सनको ठेक्का फेरि रद्द, आयोजना अन्योलमा

काठमाडौँ,१९ कार्तीक । राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना यतिबेला अन्योलको भुमरीमा फसेको छ ।नेपालको समग्र आर्थिक तथा सामाजिक विकाससँग जोडिएको र उच्च प्राथमिकतामा