पाथीभरा मन्दिरबाट दर्शन गरेर फर्कने क्रममा बालकको मृत्यु

ताप्लेजुङ्घ, १० चैत । पाथीभरा मन्दिरबाट दर्शन गरेर फर्कने क्रममा स्वास्थ्य समस्या उत्पन्न भई एक बालकको मृत्यु भएको छ।

 

हिलिहाङ गाउँपालिका–२ निवासी ३० महिनाका सोहन श्रेष्ठको सोमबार निधन भएको हो। उनी परिवारसँग पाथीभरा दर्शन गरेर फर्कँदै गर्दा अस्वस्थ भएका थिए।

 

घटनापछि पाथीभरा क्षेत्र विकास समिति र जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले तीर्थयात्रीहरूलाई स्वास्थ्यमा समस्या देखिए तुरुन्तै स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीसँग समन्वय गर्न आग्रह गरेका छन्।

 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक टाशङ्कर यादवद्वारा जारी विज्ञप्तिमा बालबालिकादेखि वृद्धसम्म सबैलाई स्वास्थ्य समस्या देखिएमा माथिल्लो फेदीस्थित प्राथमिक उपचार केन्द्र, प्रहरी चौकी वा काफ्लेपाटीस्थित पर्यटक प्रहरी सहायता डेस्कमा तत्काल सम्पर्क गर्न अनुरोध गरिएको छ।

 

पाथीभरा क्षेत्रमा चिसो मौसमका कारण बिरामी हुने तथा ज्यान जाने घटनाहरू यसअघि पनि हुँदै आएको बताइएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।