नेपाली कांग्रेसको आगामी महाधिवेशनको मिति प्रस्ताव

काठमान्डौं १० चैत । नेपाली कांग्रेसले आफ्नो आसन्न महाधिवेशन भदौ २४ गतेदेखि २६ गतेसम्म आयोजना गर्ने प्रस्ताव गरेको छ। केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै नेताले उक्त मिति प्रस्ताव गरेका हुन्।

 

प्रस्तावअनुसार चैत २१ गतेदेखि मसान्तसम्म नयाँ सदस्यता फारम वडा तहसम्म पु¥याइने र पुराना सदस्यता अद्यावधिक गरिनेछ। त्यसपछि वैशाख मसान्तसम्म सबै वडामा सदस्यता अद्यावधिक गर्ने, जेठ १ देखि १५ गतेसम्म जिल्लामा पठाउने र जेठ २५ गतेसम्म केन्द्रमा सदस्यता पठाउने कार्यतालिका तय गरिएको छ।

 

केन्द्रले २०८३ असार १५ गतेसम्म सदस्यताको छानबिन गरी अन्तिम टुंगो लगाउने प्रस्ताव गरिएको छ। त्यसैगरी साउन ३० गते महाधिवेशन प्रतिनिधि चयन गर्ने, भदौ ६ र ७ गते जिल्ला अधिवेशन सम्पन्न गर्ने र भदौ २४ देखि २६ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका प्रस्तुत गरिएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।