कांग्रेसले प्रतिज्ञा अनुसार प्रतिपक्ष भूमिका

काठमाडौं,१० चैत । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीले निर्वाचनमा गरेको प्रतिज्ञा अनुसार नै प्रतिपक्षको भूमिका जिम्मेवार ढंगले निर्वाह गर्ने बताउनु भएको छ। मंगलबार केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै उहाँले मतदाताले सरकार सञ्चालन गर्न मत नदिएपनि प्रतिपक्षको जिम्मेवारी दिएको बताउनु भयो।

 

उहाँले भन्नु भयो, ‘हामी नागरिकहरूको बीचमा पाँच वर्ष मतको सम्मान गर्ने प्रतिबद्धता लिएर गएका थियौं । त्यो मतले सरकार सञ्चालन गर्न नदिएपनि प्रतिपक्षको जिम्मेवारी दिएको छ, र हामी त्यस प्रतिज्ञामा बाधिएका छौं ।’ उहाँले सरकारमा हुँदा मात्र होइन, प्रतिपक्षमा हुँदा पनि प्रतिवद्धताबाट पछि हट्न नहुने स्पष्ट पार्नु भयो । ‘हामी सरकारमा हुँदा मात्र प्रतिज्ञामा बाधिने र नहुँदा नबाधिने भन्ने हुँदैन,’ उहाँले भन्नु भयो।

 

थापाले २०८२ देखि २०८७ सम्मको अवधिमा सुशासन, विकास र सेवा प्रवाहको गति विगतभन्दा चार गुणा बढाउनुपर्ने आवश्यकता औंल्याउनु भयो । साथै, उहाँले देशमा कुनै पनि प्रकारको अस्थिरता वा ‘दुर्घटना’ हुन नदिन सबै राजनीतिक शक्तिहरू जिम्मेवार हुनुपर्ने बताउनु भयो । ०८२ देखि ८७ सम्मको पाँच वर्षको अवधिमा नेपालमा सुशासन, विकास, सेवा प्रवाहको गति पहिलाको भन्दा चार गुणा बढी हुनुपर्छ । सँगै गतिमा जानुपर्छ तर दुर्घटना हुनुहुँदैन’, उहाँले भन्नु भयो।

 

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार सञ्चालनको जिम्मेवारी पाएको उल्लेख गर्दै उहाँले सरकारलाई पूर्ण साथ रहने तर आवश्यक ठाउँमा दबाब, प्रोत्साहन र प्रश्नसमेत गर्ने धारणा राख्नु भयो । उहाँले भन्नु भयो, ‘राष्ट्रिय स्वतन्त्र पार्टीले पाँच वर्षको लागि ड्राइविङ सिटमा बस्ने जिम्मेवारी पाएको छ । देशमा सुशासनको सेवा प्रवाहको गतिमा लिएर जाने मुल जिम्मेवारी उहाँहरुले पाउनु भएको छ । यसमा नेपाली कांग्रेस पार्टीको पूर्णरुपमा साथ रहन्छ ।’

 

उहाँले देशलाई आगामी पाँच वर्ष कुनै पनि प्रकारको ‘दुर्घटना’, द्वन्द्व वा अतिवादमा पर्न नदिन नेपाली कांग्रेसको जिम्मेवारी भएको बताउनु भयो । ‘देशले पटक पटक दुर्घटना व्यहोरेको छ । हामी जहिले पनि बहुमत प्राप्त गर्छौ कहिलेकाही सजिलो हुन्छ भन्ठान्छौं तर दुर्घटनामा पर्छौ । तर अबको पाँच वर्ष देश कुनैपनि दुर्घटनामा पर्नु हुदैन । कुनैपनि द्धन्द्धमा पर्नुहुदैन । कुनैपनि अतिवादमा पर्नु हुँदैन । नेपाली काग्रेसको अर्को भूमिका यो हो,’ उहाँले भन्नु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धनकुटामा साढे दुई करोडको आठपहरिया सङ्ग्रहालय अलपत्र

धनकुटा,१९ कार्तीक । आठपहरिया समुदायको मौलिक कला, संस्कृति, इतिहास र परम्परागत जीवनशैली संरक्षण गर्ने उद्देश्यले धनकुटामा दुई करोड ५८ लाख रुपैयाँ खर्चेर निर्माण गरिएको आठपहरिया

तुलसी सहकारीका पीडितसँग दमकमा प्रशासनको छलफल, बचत फिर्ताको प्रक्रिया अघि बढाउने प्रतिबद्धता

दमक, १९ कात्तिक । लामो समयदेखि बचत रकम फिर्ता नपाएर समस्यामा परेका तुलसी बहुमुखी सहकारीका दमक शाखाका बचतकर्ताको समस्या समाधानका लागि झापाको स्थानीय प्रशासनले पहल

दमकमा ५० विगाह क्षेत्रफल जग्गामा बन्दै छ बहुउद्देश्यीय पार्क, लगानी नगरपालिकाले खोज्ने

दमक, १९ कार्तिक । दमकमा घुम्न जाने ठाउँ खासै छैन । जति छ एउटा दमक फन पार्क अर्को दमक १० मा रहेको इन्द्रेणी ताल ।

ग्यास उद्योग मर्जरका लागि आयकर छुटको माग

काठमाडौं,१९ कार्तीक । नेपाल एल.पि. ग्यास उद्योग संघले ग्यास उद्योगहरू एक–आपसमा गाभ्न (मर्जर) का लागि आयकर छुटको व्यवस्था मिलाइदिन नेपाल आयल निगमसँग माग गरेको छ

भ्रष्टाचार मुद्दाका प्रतिवादी मन्त्रीसँगै सार्वजनिक कार्यक्रममा

इटहरी,१९ कार्तीक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भ्रष्टाचार मुद्दामा विशेष अदालतमा प्रतिवादी बनाइएका कोशी प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष बसन्तराज अर्याल प्रदेश सरकारका मन्त्रीसँगै सार्वजनिक

सुनकोशी–मरिन डाइभर्सनको ठेक्का फेरि रद्द, आयोजना अन्योलमा

काठमाडौँ,१९ कार्तीक । राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना यतिबेला अन्योलको भुमरीमा फसेको छ ।नेपालको समग्र आर्थिक तथा सामाजिक विकाससँग जोडिएको र उच्च प्राथमिकतामा