नागरिकता नियमावली संशोधन : आमाको नामबाट २ हजार ९४८ जनाले नागरिकता प्राप्त

काठमान्डौं १० चैत । नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएयता आमाको नामबाट २ हजार ९४८ जनाले नागरिकता प्राप्त गरेका छन्। गृह मन्त्रालयका अनुसार नयाँ नियमावली लागू भएपछि हालसम्म उक्त संख्यामा नागरिकता वितरण गरिएको हो।

 

चौथो संशोधनसहितको नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित भइसकेको छ। गत पुस ११ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त संशोधनलाई स्वीकृति दिएको थियो।संशोधनअनुसार नेपाल नागरिकता नियमावली, २०६३ को नियम ३ सहित नियम ५, ७, ८ र १४ मा परिमार्जन गरिएको छ भने नयाँ व्यवस्था अन्तर्गत नियम १६ (क) थप गरिएको छ । साथै अनुसूचीमा समेत संशोधन गरिएको छ।

 

नयाँ प्रावधानअनुसार बुबा वा आमामध्ये एक जनाले जन्मका आधारमा नेपाली नागरिकता लिएको र अर्को अभिभावकले नागरिकता नपाउँदै मृत्यु भएको वा बुबाको ठेगाना अज्ञात रहेको अवस्थामा, तथा नेपाली आमाबाट विदेशमा जन्मिएका तर बुबाको पहिचान नभएका र नेपालमै स्थायी बसोबास गरिरहेका सन्तानलाई प्रमुख जिल्ला अधिकारीले आवश्यक छानबिनपछि अङ्गीकृत नागरिकता प्रदान गर्न सक्ने व्यवस्था गरिएको छ।

 

नागरिकता जारी गर्दा आवश्यक कागजातका अतिरिक्त स्वघोषणालाई पनि महत्वपूर्ण आधारका रूपमा स्वीकार गरिनेछ। यसका लागि आवश्यक ढाँचा समेत संशोधित नियमावलीमा समावेश गरिएको छ।यसअघि वैवाहिक अङ्गीकृत बाहेक अन्य अङ्गीकृत नागरिकता गृह मन्त्रालयको निर्णयबाट मात्र प्रदान हुने व्यवस्था रहेकोमा अब सो अधिकार प्रमुख जिल्ला अधिकारीलाई प्रत्यायोजन गर्न सकिने प्रावधान राखिएको छ। यसले नागरिकता वितरण प्रक्रियालाई थप सहज बनाउनुका साथै स्थानीय तहको भूमिका र जिम्मेवारी समेत विस्तार गरेको छ।

 

संशोधनले नाबालक परिचयपत्र वितरणसम्बन्धी विषयलाई पनि स्पष्ट रूपमा समेटेको छ। साथै विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गरेपछि वैवाहिक अङ्गीकृत नागरिकता प्राप्त गर्नुअघि निजको नेपाल बसाइँ अनुमति (भिसा) नियमित हुनुपर्ने व्यवस्था समेत स्पष्ट पारिएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।