काठमान्डौं, १० चैत । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ। उक्त दिन बजार २३।८३ अंकले बढेर २,९६०।४९ विन्दुमा कायम भएको हो।
यस दिन ३४१ कम्पनीका ३ करोड ५८ लाख २२ हजार १९१ कित्ता शेयर किनबेच हुँदा कुल १४ अर्ब ८३ करोड ८३ लाख ९१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। बजार बढेसँगै आठ उपसूचक हरियालीमा देखिएका छन्।
कारोबार रकमका आधारमा राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। कम्पनीको ६७ करोड ४३ लाख ८४ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको हो। दोस्रो स्थानमा अपी पावर कम्पनी रहेको छ, जसको ५७ करोड ८७ लाख ४९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
त्यसैगरी, हिमाल दोलखा हाइड्रोपावरको ४५ करोड ७० लाख ७२ हजार रुपैयाँ, ङादी ग्रुप पावरको ४१ करोड ३१ लाख १५ हजार रुपैयाँ र शिवम् सिमेन्टको ३९ करोड १० लाख १० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।









