नवौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार ललितपुर हुने

काठमाडौं,१० चैत । महिला उद्यमशीलता प्रवद्र्धन तथा सशक्तिकरणलाई लक्षित गर्दै महिला उद्यमी महासंघ नेपालले नवौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २०२६ आयोजना गर्ने भएको छ।

 

महासंघले मंगलबार पत्रकार सम्मेलन गर्दै आगामी चैत्र २० देखि २२ गतेसम्म ललितपुरको हेरिटेज गार्डेनमा मेला सञ्चालन गरिने जानकारी दिएको हो ।यस वर्षको मेलाले देशभरका घरेलु, साना तथा मझौला महिला उद्यमी, व्यवसायी तथा निर्यातकर्तासहित विभिन्न देशका महिला उद्यमीहरूलाई एकै मञ्चमा ल्याउने लक्ष्य राखेको छ । महासंघका अनुसार मेलाको मुख्य उद्देश्य महिला उद्यमीहरूका उत्पादन तथा सेवाको प्रदर्शन, प्रवद्र्धन र बिक्रीका लागि प्रभावकारी प्लेटफर्म उपलब्ध गराउनु हो ।

 

साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्दै बजार पहुँच विस्तार गर्ने, नेटवर्किङ तथा व्यापारिक सहकार्य बढाउने र ज्ञान–सीप आदानप्रदानलाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ । महिला उद्यमशीलता, आर्थिक सशक्तिकरण र दीगो व्यापारिक अवसर सिर्जनामा योगदान पु¥याउने उद्देश्यसहित आयोजना हुन लागेको उक्त मेलामा नेपालका विभिन्न जिल्लाका महिला उद्यमीका साथै अन्तर्राष्ट्रिय सहभागिता पनि रहने अपेक्षा गरिएको छ ।

 

महासंघले २३ वर्षदेखि नेपालभर महिला उद्यमशीलताको विकास, प्रवद्र्धन र सशक्तिकरणका क्षेत्रमा निरन्तर काम गर्दै आएको छ ।
हाल ७७ वटै जिल्लामा महिला उद्यमी संघ विस्तार गर्दै ६,००० भन्दा बढी महिला उद्यमीलाई सदस्यतामा आबद्ध गरिसकेको र करिब एक लाखभन्दा बढी अप्रत्यक्ष लाभग्राही रहेको जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।