काठमाडौँ, ११ चैत । कम्बोडियामा अवैध रूपमा सञ्चालन भएका अनलाइन स्क्यामिङ केन्द्र र क्यासिनोमा फसेका ५१ नेपालीको उद्धार गरिएको छ।
थाइल्याण्डस्थित नेपाली दूतावासको पहल, कम्बोडिया सरकारको सहयोग तथा गैरआवासीय नेपाली सङ्घको समन्वयमा उनीहरूलाई नेपाल फर्काइएको हो। दूतावासका अनुसार उनीहरूलाई अनलाइन ठगीसहित विभिन्न गैरकानुनी काममा लगाइएको थियो र धेरैजसो बिना राहदानी बसिरहेका थिए।
कठिन अवस्थामा रहेका अन्य नेपालीको उद्धार प्रक्रिया पनि जारी रहेको दूतावासले जनाएको छ।









