निर्वाचन सफल : लोकतन्त्रको ऐतिहासिक उपलब्धि – प्रधानमन्त्री कार्की

काठमाडौं,११ चैत । प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएको अवसरमा आयोजित समारोहमा प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो खुशी र गर्व व्यक्त गर्नु भएको छ। कार्यक्रममा प्रधानमन्त्री कार्कीले असामान्य परिस्थितिलाई सामान्य पार्दै तोकिएको मितिमा स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्नु लोकतान्त्रिक यात्राको ऐतिहासिक उपलब्धि भएको बताउनु भएको छ ।

 

उहाँले निर्वाचन आयोग र सुरक्षाकर्मीहरूको प्रयासलाई उच्च सम्मान दिँदै लोकतान्त्रिक उपलब्धिका रूपमा यसलाई चित्रित गर्नु भएको छ।

 

प्रधानमन्त्री कार्कीले भन्नु भयो, ‘गत भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’ पछि मुलुकले चुनौतीपूर्ण परिस्थितिको सामना गर्नु परेको थियो । त्यसबीच असामान्य परिस्थितिलाई सामान्य पार्दै तोकिएको मितिमा स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्नु हाम्रो लोकतान्त्रिक यात्राको ऐतिहासिक उपलब्धि हो ।’
उहाँले निर्वाचनले मुलुकमा संवैधानिक प्रणालीको जगेर्ना गर्दै लोकतान्त्रिक मूल्य र मान्यता सुदृढ पार्ने नयाँ अध्यायको ढोका खोलेको पनि उल्लेख गर्नु भयो। ‘आम मतदाताले स्थिर सरकार, सुशासन र समृद्धिको पक्षमा स्पष्ट जनादेश दिएका छन्,’ उहाँले भन्नु भयो ।

 

प्रधानमन्त्री कार्कीले निर्वाचन प्रक्रिया चुनौतीपूर्ण भएतापनि सरकारले आफ्नो सम्पूर्ण शक्ति, स्रोत र प्रतिबद्धता यस कार्यमा लगाएको बताउनु भयो । विशेष गरी कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको नेतृत्वमा आयोगले स्पष्ट कार्ययोजना, व्यावसायिक दक्षता र दृढ इच्छा शक्तिका साथ निर्वाचन सफल बनाएको उहाँले बताउनु भयो ।

 

प्रधानमन्त्रीले मतदाता दर्ता, राष्ट्रिय परिचयपत्रसँगको अन्तरआबद्धता, पुनः प्रयोग योग्य सामग्रीको उपयोग, सरकारी खरिद प्रक्रिया, सुरक्षा व्यवस्थापन र निर्वाचन खर्चको पारदर्शिता जस्ता पहलहरूलाई ऐतिहासिक मानकका रूपमा प्रस्तुत गर्नु भयो।

 

कार्यक्रममा प्रधानमन्त्री कार्कीले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको लोकतान्त्रिक छवि उज्यालो बनेकोमा खुशी व्यक्त गर्दै, सहयोग पुर्याउने सबै सरोकारवालाहरू प्रति आभार प्रकट गर्नु भयो । साथै नवनिर्वाचित जनप्रतिनिधिहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिइनु भयो।

 

प्रधानमन्त्री कार्कीले सबैको सहकार्यमा लोकतन्त्रको सुदृढीकरण, सुशासन प्रवद्र्धन र समृद्ध नेपालको निर्माणमा निरन्तर प्रयास रहने विश्वास व्यक्त गर्नु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

वैदेशिक रोजगारीमा ठगी गर्नेलाई सरकारको कडा चेतावनी:एकैदिन १९ विरुद्ध पक्राउ पुर्जी, २५ नयाँ मुद्दा दर्ता

काठमाडौँ, १९ असार । वैदेशिक रोजगारीका नाममा सोझासाझा श्रमिकलाई ठग्ने र कानुन उल्लंघन गर्नेहरू माथि सरकारले आफ्नो निगरानी र कारबाहीलाई तीव्र बनाएको छ। वैदेशिक रोजगार

एआई फर गुड ग्लोबल समिटमा भाग लिने नेपाली विद्यार्थी टोलीद्वारा सञ्चारमन्त्रीसँग भेट

काठमाडौँ, १९ असार : संयुक्त राष्ट्रसंघीय एजेन्सी अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटियु) ले यहि जुलाई ७ देखि १० सम्म स्वीट्जरल्याण्डमा आयोजना गर्न लागेको ‘एआई फर गुड

खोला किनारका बासिन्दाको दुःख केही समयका लागि मात्रै होः लामिछाने

काठमाडौं,१९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले खोला किनारमा बसोबास गर्ने नागरिकको व्यवस्थापनका क्रममा केही असहजता भए पनि दीर्घकालीन रूपमा यसको सकारात्मक

अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरिए जेल भर्ने धवलशम्शेरको चेतावनी

काठमाडौं,१९ असार । नेता धवलशम्शेर राणाले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुनेगरी कानुन ल्याइए आफूहरू आन्दोलनमा उत्रिने चेतावनी दिनु भएको छ। शुक्रबार पत्रकार सम्मेलनपछि सञ्चारकर्मीसँग कुरा गर्दै

निजामती कर्मचारी अस्पतालको नयाँ सेवा इकाई मन्त्रालयमै सुरु

काठमाडौं,१९ असार । निजामती कर्मचारी अस्पतालको सेवा इकाई सञ्चालनमा आएको छ । आज शुक्रबारदेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भवनको तल्लो तलामा सेवा इकाई

दोषीको सम्पत्ति रोक्का देखि विदेश यात्रामा प्रतिबन्धसम्म

काठमाडौं,१९ असार । सहकारी क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र जवाफदेही बनाउन सरकारले विधेयकमार्फत नयाँ प्रक्रिया अगाडि बढाएको छ । सरकारले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३