इनिशा मृत्युमा नयाँ निष्कर्ष

सुर्खेत,११ चैत । बलात्कार पछि हत्या गरिएको भनिएकी सुर्खेतकी इनिशा बिकको घटनामा प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन बुझाएको छ । इनिशा घटनामा जोडिएका सबै तथ्यहरुको आधारमा गरिएको अनुसन्धान प्रतिवेदन सरकारी वकील कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी सुधीरराज शर्माले जानकारी दिनु भएको छ।

 

इनिशा घटनामा प्रहरीले सुक्ष्म अनुसन्धान गरी प्राप्त तथ्यहरुको आधारमा अनुसन्धान प्रतिवेदन सरकारी वकील कार्यालयमा पेश गरिएको उहाँले बताउनु भयो । ‘घटनाको अनुसन्धान पुरा गरी टोली अनुसन्धानमा संलग्न टोलीहरु फर्किएको छ,’ उहाँले भन्नु भयो, ‘केही रिपोर्टहरु आउन बाँकी छ, अहिलेसम्मको प्रतिवेदन हामीले बुझाएका छौं ।’ प्रहरीले अनुसन्धान सकेसंगै इनिशा प्रकरण अब न्यायलयमा प्रवेश गरेको छ । अनुसन्धानको क्रममा प्राप्त तथ्य प्रमाण र आरोपितहरुको बयानका आधारमा प्रतिवेदन तयार गरि पेश गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी मोहनजंग बुढथापाले बताउनु भयो।

 

घटनामा संलग्न भएको आरोपमा प्रहरीले चार जनाललाई पक्राउ गरी अनुसन्धान गरेको थियो । आरोपितहरु चारै जना इनिशा घटनामा दोषि भएको भन्दै जवरजस्तीकरणी र कर्तव्य ज्यान मुद्दामा कारवाहीको मागसहितको प्रतिवेदन तयार पारेको छ । घटनामा पक्राउ परेका चारै जनाको संलग्नता अनुसन्धानमा खुलेको उहाँले बताउनु भयो । घटनासंग सम्बन्धित प्राविधिक रिपोर्टहरु सबै प्राप्त भई सकेको र केही रिपोर्टहरु आउनेक्रममै रहेका छन् । ‘अनुसन्धानमा खुलेका सबै तथ्यहरुसहितको प्रतिवेदनमा बुझाइसकिएको छ,’ उहाँले भन्नु भयो, ‘अब कुराहरु न्यायलयमा खुल्न सक्छन् ।’

 

दुई हप्ता अघिदेखि प्रहरीले वैज्ञानिक तरिकाले अनुसन्धान गर्ने भन्दै केन्द्रबाट सीआईबी, नेपालगन्जबाट पोलिग्राफ, सीडीआर एनालिसिसहरू लगायतका विज्ञहरुको टोलीले घटनाको अनुसन्धान गरेको छ । सामुहिक बालात्कारपछि इनिशाको हत्या भएको भन्दै आफन्त र परिवारले उनको शव बुझ्न मानेका छैनन् । घटना भएको १८ दिनबितिसक्दा पनि इनिशाको शव कर्णाली प्रदेश अस्पतालको शवगृहमै रहेको छ । घटनाको तथ्य पत्ता लगाउन मृतक र आरोपितहरुको मोबाइलसहित भजाइनल स्वाब परिक्षण लगायतका परिक्षण, केन्द्रीय विधिविज्ञान प्रयोगशालामा टक्सिकोजिकल, बायोसेरोलोजिकल परिक्षण प्रहरीले प्रतिवेदन तयार गरेको हो ।

 

पक्राउ परेकामध्ये एकले एक नाबालकले दुई बर्षदेखि इनिशासंग प्रेम सम्बन्धमा रहेको, आफूहरुबीच शारीरिक सम्बन्ध रहँदै आएको र घटनाको दिनमा पनि सहमतीमै शारीरिक सम्पर्क पछि रक्तश्राव भएपछि इनिशा बेहोस् भएको बयान दिएका थिए । ‘इनिशा बेहोस भएपछि अस्पताल लैजान साथीहरूको सहयोग मागेको हो,’ अभियुक्तको बयान उदृत गर्दै ति एक अनुसन्धान अधिकृतले भन्नु भयो, ‘आफ्नो आग्रहमा अरु साथिहरु घटनास्थल आएका हुन् ।’ सीसीटीभी फुटेजमा पनि बिहान ६ बजेतिर इनिशा र ती १६ वर्षे नाबालक किशोर मात्रै गएको देखिएको छ ।

 

सुर्खेतको उषा बालवाटिका विद्यालयमा कक्षा ११ मा अध्ययनरत इनिशाको घरपरिवार र आफन्तले सामूहिक बलात्कारपछि हत्या गरिएकोले इनिशाको हत्यामा संलग्नलाई कारवाही हुने विश्वस्त वातावरण नभएको भन्दै दबाब बढाइरहेका छन् । इनिशा हत्यामा जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रारम्भिक अनुसन्धान पूरा गरेपछि थप अनुसन्धानका लागि सीआईबीको टोली वीरेन्द्रनगर पुगेर थप प्रमाण संकलन तथा अनुसन्धान गरेको थियो ।

 

मृतकको पोस्टमार्टम रिपोर्टअनुसार बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण इनिशाको मृत्यु भएको देखिएको प्रहरीले जनाएको छ । फागुन २३ गते इनिशा सामुदायिक जंगलमा मृत अवस्थामा भेटिएकी थिइन् । सुर्खेत गुर्भाकोट बडाखाली घर भएकी १६ वर्षीया इनिशा वीरेन्द्रनगरमा बस्दै आएकी थिइन् । इनिशा घटनाको बिषयमा दोषिलाई कारवाही र पीडित परिवारलाई न्याय दिलाउन भन्दै देशभर प्रदर्शन भईरहेका छन् । कर्णाली प्रदेशसभामा पनि सांसदहरुले इनिशा घटनामा संलग्नलाई कारवाही गर्नुपर्ने आवाज उठाएका थिए ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

वैदेशिक रोजगारीमा ठगी गर्नेलाई सरकारको कडा चेतावनी:एकैदिन १९ विरुद्ध पक्राउ पुर्जी, २५ नयाँ मुद्दा दर्ता

काठमाडौँ, १९ असार । वैदेशिक रोजगारीका नाममा सोझासाझा श्रमिकलाई ठग्ने र कानुन उल्लंघन गर्नेहरू माथि सरकारले आफ्नो निगरानी र कारबाहीलाई तीव्र बनाएको छ। वैदेशिक रोजगार

एआई फर गुड ग्लोबल समिटमा भाग लिने नेपाली विद्यार्थी टोलीद्वारा सञ्चारमन्त्रीसँग भेट

काठमाडौँ, १९ असार : संयुक्त राष्ट्रसंघीय एजेन्सी अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटियु) ले यहि जुलाई ७ देखि १० सम्म स्वीट्जरल्याण्डमा आयोजना गर्न लागेको ‘एआई फर गुड

खोला किनारका बासिन्दाको दुःख केही समयका लागि मात्रै होः लामिछाने

काठमाडौं,१९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले खोला किनारमा बसोबास गर्ने नागरिकको व्यवस्थापनका क्रममा केही असहजता भए पनि दीर्घकालीन रूपमा यसको सकारात्मक

अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरिए जेल भर्ने धवलशम्शेरको चेतावनी

काठमाडौं,१९ असार । नेता धवलशम्शेर राणाले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुनेगरी कानुन ल्याइए आफूहरू आन्दोलनमा उत्रिने चेतावनी दिनु भएको छ। शुक्रबार पत्रकार सम्मेलनपछि सञ्चारकर्मीसँग कुरा गर्दै

निजामती कर्मचारी अस्पतालको नयाँ सेवा इकाई मन्त्रालयमै सुरु

काठमाडौं,१९ असार । निजामती कर्मचारी अस्पतालको सेवा इकाई सञ्चालनमा आएको छ । आज शुक्रबारदेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भवनको तल्लो तलामा सेवा इकाई

दोषीको सम्पत्ति रोक्का देखि विदेश यात्रामा प्रतिबन्धसम्म

काठमाडौं,१९ असार । सहकारी क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र जवाफदेही बनाउन सरकारले विधेयकमार्फत नयाँ प्रक्रिया अगाडि बढाएको छ । सरकारले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३