श्रीमती हत्या प्रकरण :श्रीमान् पक्राउ

विराटनगर,१२ चैत।विराटनगरमा एक साताअघि भएको जघन्य हत्याकाण्डको रहस्य खुलेको छ। आफ्नै श्रीमतीको हत्या गरी शव लुकाउन खोज्ने एक व्यक्ति पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङले बुधबार पत्रकार सम्मेलन गर्दै विराटनगर महानगरपालिका–१५ हर्ताली हाटकी ३२ वर्षीया कोमल कुमारी साहको हत्या प्रकरणमा उनका श्रीमान् ३२ वर्षीय रोशन साह मुख्य योजनाकार रहेको र शव व्यवस्थापनमा सहयोग गर्ने मतियारका रूपमा उनका दाजु ४६ वर्षीय दिपेन्द्र साह संलग्न रहेको बताएको छ। प्रहरीले दुवैलाई नियन्त्रणमा लिएको छ।

 

प्रहरीका अनुसार गत चैत ६ गते मध्यरातमा रोशनले घरभित्रै श्रीमतीको सारी र गलबन्दी प्रयोग गरी घाँटी कसी हत्या गरेका थिए। घटनापछि शव लुकाउन उनले आफ्ना दाजुसँग मिलेर योजना बनाएका थिए। कोमलको हातखुट्टा बाँधेर तन्नामा पोको पारिएको शव सिटी सफारीमा राखी घरबाट करिब चार किलोमिटर टाढा विराटनगर–१७ स्थित छाला फ्याक्ट्री नजिकैको कल्भर्टमुनि पानी जमेको नालीमा फालिएको थियो।

 

घटनालाई ढाकछोप गर्न रोशनले शव फालेको दुई दिनपछि इलाका प्रहरी कार्यालय रानी पुगेर श्रीमती हराएको भन्दै निवेदन दिएका थिए। उनले आफूमाथि शंका नहोस् भनेर माइती पक्षसँग सम्पर्क राख्दै खोजीको नाटकसमेत गरेका थिए।

 

तर चैत १० गते स्थानीयले कल्भर्टमुनि शङ्कास्पद पोको देखेपछि प्रहरीलाई खबर गरे। घटनास्थलमा पुगेको प्रहरी टोलीले तन्ना खोलेर हेर्दा सडेको अवस्थामा महिलाको शव फेला पारेको थियो।

 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी लिलाराज लामिछानेका अनुसार घटनास्थल, शवको अवस्था र हराएको निवेदनको विश्लेषणपछि अनुसन्धानको घेरा मृतककै श्रीमानतर्फ केन्द्रित भएको थियो। सघन सोधपुछका क्रममा रोशनले हत्या स्वीकार गरेको प्रहरीले बताएको छ।

 

प्रहरीले घटना स्थलमा सीसीटीभी नभएको सडक प्रयोग गरिएको र दुर्गन्धित फोहर फाल्ने स्थान रोजिएको आधारमा हत्या पूर्वनियोजित रहेको निष्कर्ष निकालेको छ। मृतकको पहिचान माइती पक्षले हातको चुरा, औँठी र हरियो सारीका आधारमा गरेका थिए।

 

प्रारम्भिक अनुसन्धानमा दाम्पत्य सम्बन्धमा उत्पन्न अविश्वास र पारिवारिक शङ्का हत्याको मुख्य कारण देखिएको प्रहरीले बताएको छ। दुवै अभियुक्तलाई मोरङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको छ। प्रहरीले घटनामा प्रयोग भएको सवारीसाधन सहित अन्य प्रमाण पनि सङ्कलन गरिसकेको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापाका माछा किसान संसदीय समितिका सभापतिलाई समस्या सुनाउदै

दमक,१८ असार ।प्रतिनिधिसभाको कृषि तथा प्राकृतिक स्रोत समितिले झापाका किसानले भोग्दै आएका समस्या र समाधानका उपायबारे सुझाव संकलन थालेको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्याक्रम

आगामी मौद्रिक नीतिका लागि शेयर लगानीकर्ता संघको राष्ट्र बैंकलाई ५ बुँदे सुझाव

काठमाडौं,१८ असार । आगामी आर्थिक वर्ष २०८३ / ८४ को मौद्रिक नीतिलाई पूँजीबजारमैत्री बनाउन शेयर लगानीकर्ता संघ नेपालले नेपाल राष्ट्र बैंक समक्ष पाँच बुँदे सुझाव

आज असार १८ गते बसेको मन्त्रिपरिषद्को बैठकका १० निर्णयहरु

काठमाडौँ, १८ असार ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले महत्वपूर्ण १० निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री

मधेश प्रदेश सभाको बैठक दोस्रो दिन पनि अवरुद्ध

जनकपुर,१८ असार । मधेश प्रदेश सभाको बैठक विहीबार दोस्रो दिन पनि अवरुद्ध भएको छ । सभामुख रामअशिष यादवले बैठक अनिश्चित कालका लागि स्थगित भएको घोषणा

सहकारी संशोधन विधेयक बहुमतले पारित

काठमाडौं,१८ असार । प्रतिनिधिसभाले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ बहुमतले पारित गरेको छ। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा

‘इमेज सहकारीका बचतकर्ताको रकम कहिले र कसरी फिर्ता हुन्छ?’: सांसद शर्मा

काठमाडौं,१८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोम शर्माले इमेज सहकारीका बचतकर्ताले आफ्नो बचत रकम कहिले र कुन कानुनी प्रक्रियाबाट फिर्ता पाउने भन्ने