दमकमा बर्डफ्लु

३ करोड रुपैयाँ बराबरको क्षति

दमक,१२ चैत।दमक नगरपालिका–१० स्थित ठूलो कुखुरा फार्ममा बर्डफ्लु पुष्टि भएपछि करोडौँ रुपैयाँ बराबरको क्षति भएको छ। घटनाले स्थानीय कुखुरापालक किसानमा त्रास र चिन्ता बढाएको छ।

दमक एग्रिकल्चर फार्मका सञ्चालक देवेन्द्र प्रशाईका अनुसार करिब २० हजार लेयर्स कुखुरा नष्ट गर्नुपरेको छ। कुखुरासँगै अण्डा, दाना चारो र फार्मका संरचनात्मक सामग्रीसमेत नष्ट भएपछि कुल क्षति तीन करोड रुपैयाँभन्दा बढी पुगेको उहाँले बताउनु भयो। फार्म बन्द भएपछि यहाँ कार्यरत १५ जना मजदुर बेरोजगार भएका छन्।

झापाकै व्यवस्थित र ठूला कुखुरा पालन केन्द्र मध्ये एक मानिएको यो फार्म आधुनिक प्रविधि र नियमित व्यवस्थापनका कारण स्थानीय बजारमा महत्वपूर्ण आपूर्ति गर्दै आएको थियो। तर एक्कासी कुखुरा मर्न थालेपछि गरिएको परीक्षणमा बर्डफ्लु पुष्टि भयो र चार दिनमै फार्म शून्य अवस्थामा पुगेको सञ्चालकको भनाइ छ।

सरकारी मापदण्ड अनुसार संक्रमण फैलिन नदिन सम्पूर्ण कुखुरा र सम्बन्धित सामग्री नष्ट गरिएको हो। हजारौँ जीवित कुखुरा मारिएका, तयार अण्डा फालिएका र चारोसमेत नष्ट भएको बताइएको छ।

बैंक ऋण र आफन्तको सहयोगमा सुरु गरिएको व्यवसाय पुनः सञ्चालन गर्न कठिन भएको सञ्चालकको गुनासो छ। बिमा भए पनि बर्डफ्लुमा दाबी नलाग्ने प्रावधानका कारण क्षतिपूर्ति पाउन समस्या भएको उहाँले बताउनु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापाका माछा किसान संसदीय समितिका सभापतिलाई समस्या सुनाउदै

दमक,१८ असार ।प्रतिनिधिसभाको कृषि तथा प्राकृतिक स्रोत समितिले झापाका किसानले भोग्दै आएका समस्या र समाधानका उपायबारे सुझाव संकलन थालेको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्याक्रम

आगामी मौद्रिक नीतिका लागि शेयर लगानीकर्ता संघको राष्ट्र बैंकलाई ५ बुँदे सुझाव

काठमाडौं,१८ असार । आगामी आर्थिक वर्ष २०८३ / ८४ को मौद्रिक नीतिलाई पूँजीबजारमैत्री बनाउन शेयर लगानीकर्ता संघ नेपालले नेपाल राष्ट्र बैंक समक्ष पाँच बुँदे सुझाव

आज असार १८ गते बसेको मन्त्रिपरिषद्को बैठकका १० निर्णयहरु

काठमाडौँ, १८ असार ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले महत्वपूर्ण १० निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री

मधेश प्रदेश सभाको बैठक दोस्रो दिन पनि अवरुद्ध

जनकपुर,१८ असार । मधेश प्रदेश सभाको बैठक विहीबार दोस्रो दिन पनि अवरुद्ध भएको छ । सभामुख रामअशिष यादवले बैठक अनिश्चित कालका लागि स्थगित भएको घोषणा

सहकारी संशोधन विधेयक बहुमतले पारित

काठमाडौं,१८ असार । प्रतिनिधिसभाले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ बहुमतले पारित गरेको छ। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा

‘इमेज सहकारीका बचतकर्ताको रकम कहिले र कसरी फिर्ता हुन्छ?’: सांसद शर्मा

काठमाडौं,१८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोम शर्माले इमेज सहकारीका बचतकर्ताले आफ्नो बचत रकम कहिले र कुन कानुनी प्रक्रियाबाट फिर्ता पाउने भन्ने