२ बजे नवनिर्वाचित सांसदहरूको शपथग्रहण कार्यक्रम, झन्डै ५४ जनाले मातृभाषामा शपथ लिदै

काठमान्डौं,१२ चैत । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले आज नवनिर्वाचित २७४ जना सांसदलाई पद तथा गोपनीयताको शपथ गराउने हुनु भएको छ।

केसीले यसअघि बुधबार राष्ट्रपति रामचन्द्र पौडेल बाट ज्येष्ठ सदस्यको हैसियतमा शपथ ग्रहण गर्नु भएकोका थियो। अब सोही हैसियतमा उहाँले नयाँ सांसदलाई शपथ गराउन लाग्नु भएको हो ।

सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार शपथ कार्यक्रमका लागि सम्पूर्ण प्राविधिक तथा व्यवस्थापकीय तयारी पूरा भइसकेको छ। कार्यक्रम बिहीबार दिउँसो २ बजे सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा हुने तय भएको छ। आवश्यक विवरण सङ्कलन गर्नुपर्ने भएकाले सांसदहरूलाई शपथभन्दा कम्तीमा दुई घण्टा अघि उपस्थित हुन आग्रह गरिएको छ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ अनुसार कुनै पनि सदस्यले सभामा वा समितिमा भाग लिनुअघि अध्यक्षता गर्ने व्यक्तिसमक्ष शपथ लिन अनिवार्य छ। सोही व्यवस्था अनुसार केसीले शपथ गराउनु हुनेछ ।

शपथका लागि नवनिर्वाचित सदस्यले निर्वाचित प्रमाणपत्रको प्रतिलिपि, दुई प्रति फोटो र नागरिकता प्रमाणपत्रको प्रतिलिपि बुझाउनुपर्नेछ। साथै सचिवालयले उपलब्ध गराएको आवेदन फाराम भरी बैंक खाता र सम्पर्क विवरण पनि बुझाउन आग्रह गरिएको छ।

यदि कोही सदस्य शपथ लिन छुटेमा, उनीहरूको अनुकूल समयमा ज्येष्ठ सदस्यमार्फत पुनः शपथ गराउने व्यवस्था मिलाइएको छ।

यसैबीच, ५४ जना नवनिर्वाचित सदस्यले मातृभाषामा शपथ लिने जानकारी दिएका छन्। प्रवक्ता गिरीका अनुसार यो संख्या अझै बढ्न सक्ने सम्भावना छ। नेपाली बाहेक मैथिली, भोजपुरी, नेपाल भाषा, बज्जिका, रानाथारू, थारूलगायत भाषामा शपथ लिने तयारी गरिएको छ।

नवयुवा पुस्ताको सक्रिय सहभागितामा सम्पन्न निर्वाचनबाट निर्वाचित सांसदहरूको शपथसँगै नयाँ कार्यकाल औपचारिक रूपमा सुरु हुनेछ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापाका माछा किसान संसदीय समितिका सभापतिलाई समस्या सुनाउदै

दमक,१८ असार ।प्रतिनिधिसभाको कृषि तथा प्राकृतिक स्रोत समितिले झापाका किसानले भोग्दै आएका समस्या र समाधानका उपायबारे सुझाव संकलन थालेको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्याक्रम

आगामी मौद्रिक नीतिका लागि शेयर लगानीकर्ता संघको राष्ट्र बैंकलाई ५ बुँदे सुझाव

काठमाडौं,१८ असार । आगामी आर्थिक वर्ष २०८३ / ८४ को मौद्रिक नीतिलाई पूँजीबजारमैत्री बनाउन शेयर लगानीकर्ता संघ नेपालले नेपाल राष्ट्र बैंक समक्ष पाँच बुँदे सुझाव

आज असार १८ गते बसेको मन्त्रिपरिषद्को बैठकका १० निर्णयहरु

काठमाडौँ, १८ असार ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले महत्वपूर्ण १० निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री

मधेश प्रदेश सभाको बैठक दोस्रो दिन पनि अवरुद्ध

जनकपुर,१८ असार । मधेश प्रदेश सभाको बैठक विहीबार दोस्रो दिन पनि अवरुद्ध भएको छ । सभामुख रामअशिष यादवले बैठक अनिश्चित कालका लागि स्थगित भएको घोषणा

सहकारी संशोधन विधेयक बहुमतले पारित

काठमाडौं,१८ असार । प्रतिनिधिसभाले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ बहुमतले पारित गरेको छ। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा

‘इमेज सहकारीका बचतकर्ताको रकम कहिले र कसरी फिर्ता हुन्छ?’: सांसद शर्मा

काठमाडौं,१८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोम शर्माले इमेज सहकारीका बचतकर्ताले आफ्नो बचत रकम कहिले र कुन कानुनी प्रक्रियाबाट फिर्ता पाउने भन्ने