मन्त्री सिन्हालाई मन्त्रालयबाट सम्मानसहित विदाइ

काठमाडौं,१२ चैत । कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हालाई विहीबार मन्त्रालयबाट औपचारिक रूपमा विदाइ गरिएको छ । बुधबार आयोजित विदाइ कार्यक्रममा मन्त्रालयका कर्मचारीहरूले सिन्हालाई सम्मानसहित विदाइ गरेका हुन् ।

 

जेनजी आन्दोलनपछि गठन भएको सरकारमा सहभागी भएका सिन्हाले सुरुवाती चरणमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हालनु भएको थियो । पछिल्लो समय उहाँले ऊर्जा मन्त्रालयको जिम्मेवारीसमेत सम्हालनु भएको थियो । उहाँ करिब ६ महिनासम्म सरकारमा रहनु भएको थियो।

 

विदाइ कार्यक्रममा बोल्दै मन्त्री सिन्हाले राज्यले आवश्यक ठानेको समयमा आफूले जिम्मेवारी सम्हालेको उल्लेख गर्नु भएको छ । उहाँले चुनावको तयारीसँगै मन्त्रालय सञ्चालन गर्नु चुनौतीपूर्ण रहेको बताउनु भयो ।

 

उहाँले भन्नु भयो, ‘चुनावको तयारी गर्नुपर्ने र मन्त्रालयलाई चलायमान बनाउनुपर्ने चुनौती थियो । विगतको अनुभव, शिक्षा र समन्वयकारी भूमिकाहरू यस्तै बेला राज्यलाई आवश्यक हुन्छ । ३४ वर्ष कानून व्यवसाय गर्दा राज्यले प्लेटफर्म दियो, त्यसपछि सर्वोच्च अदालतको न्यायाधीश बन्ने अवसर पनि राज्यले नै दियो ।’

 

देश विषम परिस्थितिमा पुगेको समयमा आफूलाई जिम्मेवारी दिइएको उल्लेख गर्दै उहाँले प्रारम्भमा तीनवटा मन्त्रालय सम्हाल्नु चुनौतीपूर्ण भए पनि कर्तव्यबोधका साथ काम गरेको बताउनु भयो ।

 

कानून मन्त्रालयको कार्यसम्पादनबारे चर्चा गर्दै उहाँले भन्नु भयो ‘यो मन्त्रालयमा आउँदा सुरुदेखि नै सिस्टमेटिक ढंगले काम भइरहेको देख्न पाएँ । सबै कर्मचारी आफ्नो जिम्मेवारीमा केन्द्रित भएर काम गरिरहेको पाएँ । यसले सुशासन र देशको विकासप्रति मन्त्रालयको प्रतिबद्धता झल्काउँछ ।’

 

उहाँले आफ्नो कार्यकालमा सहयोग गर्ने सम्पूर्ण कर्मचारीप्रति आभार व्यक्त गर्दै भविष्यमा पनि राज्यको आवश्यकताअनुसार योगदान दिने प्रतिबद्धता जनाउनु भयो ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धनकुटामा साढे दुई करोडको आठपहरिया सङ्ग्रहालय अलपत्र

धनकुटा,१९ कार्तीक । आठपहरिया समुदायको मौलिक कला, संस्कृति, इतिहास र परम्परागत जीवनशैली संरक्षण गर्ने उद्देश्यले धनकुटामा दुई करोड ५८ लाख रुपैयाँ खर्चेर निर्माण गरिएको आठपहरिया

तुलसी सहकारीका पीडितसँग दमकमा प्रशासनको छलफल, बचत फिर्ताको प्रक्रिया अघि बढाउने प्रतिबद्धता

दमक, १९ कात्तिक । लामो समयदेखि बचत रकम फिर्ता नपाएर समस्यामा परेका तुलसी बहुमुखी सहकारीका दमक शाखाका बचतकर्ताको समस्या समाधानका लागि झापाको स्थानीय प्रशासनले पहल

दमकमा ५० विगाह क्षेत्रफल जग्गामा बन्दै छ बहुउद्देश्यीय पार्क, लगानी नगरपालिकाले खोज्ने

दमक, १९ कार्तिक । दमकमा घुम्न जाने ठाउँ खासै छैन । जति छ एउटा दमक फन पार्क अर्को दमक १० मा रहेको इन्द्रेणी ताल ।

ग्यास उद्योग मर्जरका लागि आयकर छुटको माग

काठमाडौं,१९ कार्तीक । नेपाल एल.पि. ग्यास उद्योग संघले ग्यास उद्योगहरू एक–आपसमा गाभ्न (मर्जर) का लागि आयकर छुटको व्यवस्था मिलाइदिन नेपाल आयल निगमसँग माग गरेको छ

भ्रष्टाचार मुद्दाका प्रतिवादी मन्त्रीसँगै सार्वजनिक कार्यक्रममा

इटहरी,१९ कार्तीक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भ्रष्टाचार मुद्दामा विशेष अदालतमा प्रतिवादी बनाइएका कोशी प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष बसन्तराज अर्याल प्रदेश सरकारका मन्त्रीसँगै सार्वजनिक

सुनकोशी–मरिन डाइभर्सनको ठेक्का फेरि रद्द, आयोजना अन्योलमा

काठमाडौँ,१९ कार्तीक । राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना यतिबेला अन्योलको भुमरीमा फसेको छ ।नेपालको समग्र आर्थिक तथा सामाजिक विकाससँग जोडिएको र उच्च प्राथमिकतामा