विद्यालय पोशाकमा संसद भवनमा सांसद: बुबासँगै बोकेको ज्ञानको झोला

काठमाडौँ,१२ चैत । बिहीबार सिंहदरबारमा शपथ लिन पुगेका नवनिर्वाचित सांसदहरूको दृश्य रोचक र नौलो देखिएको थियो। शपथ लिन पुगेका अधिकांश पुरुष सांसदहरू दौरा सुरुवालमा सजिएका देखिन्थे भने केही आफ्नै जातीय पहिचान झल्किने पोशाक लगाएर पुग्नु भएको थियो।

 

त्यसैमध्येका एक हुनुन्थ्यो–रास्वपा सांसद रहबर अन्सारी । अन्सारी अरू भन्दा भिन्न पोशाकमा सिंहदरबार पुग्नु भएको थियो । उहाँ स्कुल ड्रेस(विद्यालय पोशाक)मा शपथ ग्रहण समारोहमा झोला बोकेर पुग्नु भएको थियो । अनि हातमा थियो–नेपालको संविधान।

 

आकाशे रङको सर्ट र निलो पाइन्टमा बुबासँगै सिंहदरबार पुग्नु भएका अन्सारीलाई विद्यालय पोशाक लगाएकोबारे सञ्चारकर्मीले प्रश्न सोधिहाले । जवाफमा अन्सारीले भन्नु भयो, ‘३५ वर्षअघि बुवाले मलाई हात समातेर विद्यालय लैजानुभएको थियो । आज मेरो ७४ वर्षको बुवाले मलाई सङ्घीय संसद् भवनमा ल्याउनुभएको छ ।’

 

अन्सारीले सम्पूर्ण अभिभावकका लागि आफूले सम्मान गर्ने मौका पाएको भन्दै सफलता र समृद्धि विद्यालयबाट सुरु हुने बताउनु भयो ।

 

‘आज यो खुसीको माहोलमा सबैभन्दा ठुलो अंशियार बुवा र शिक्षकहरू हुन् भन्ने सन्देश दिन चाहन्छु । मैले बोकेको झोला विद्यार्थीकै झोला हो । ज्ञानको झोला हो’, अन्सारीले भन्नु भयो। रहबर बारा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएको थियो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापाका माछा किसान संसदीय समितिका सभापतिलाई समस्या सुनाउदै

दमक,१८ असार ।प्रतिनिधिसभाको कृषि तथा प्राकृतिक स्रोत समितिले झापाका किसानले भोग्दै आएका समस्या र समाधानका उपायबारे सुझाव संकलन थालेको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्याक्रम

आगामी मौद्रिक नीतिका लागि शेयर लगानीकर्ता संघको राष्ट्र बैंकलाई ५ बुँदे सुझाव

काठमाडौं,१८ असार । आगामी आर्थिक वर्ष २०८३ / ८४ को मौद्रिक नीतिलाई पूँजीबजारमैत्री बनाउन शेयर लगानीकर्ता संघ नेपालले नेपाल राष्ट्र बैंक समक्ष पाँच बुँदे सुझाव

आज असार १८ गते बसेको मन्त्रिपरिषद्को बैठकका १० निर्णयहरु

काठमाडौँ, १८ असार ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले महत्वपूर्ण १० निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री

मधेश प्रदेश सभाको बैठक दोस्रो दिन पनि अवरुद्ध

जनकपुर,१८ असार । मधेश प्रदेश सभाको बैठक विहीबार दोस्रो दिन पनि अवरुद्ध भएको छ । सभामुख रामअशिष यादवले बैठक अनिश्चित कालका लागि स्थगित भएको घोषणा

सहकारी संशोधन विधेयक बहुमतले पारित

काठमाडौं,१८ असार । प्रतिनिधिसभाले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ बहुमतले पारित गरेको छ। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा

‘इमेज सहकारीका बचतकर्ताको रकम कहिले र कसरी फिर्ता हुन्छ?’: सांसद शर्मा

काठमाडौं,१८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोम शर्माले इमेज सहकारीका बचतकर्ताले आफ्नो बचत रकम कहिले र कुन कानुनी प्रक्रियाबाट फिर्ता पाउने भन्ने