सांसदलाई कडा प्रतिवादको निर्देशन:केपी शर्मा ओली

काठमाडौं,१२ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभामा शपथ ग्रहण लगत्तै एमाले सांसदहरूलाई विशेष निर्देशन दिनु भएको छ । बिहीबार च्यासलमा आयोजित कार्यक्रममा बोल्दै उहाँले एमालेले राम्रो काम गरेकै कारण आफूहरूविरुद्ध आक्रमण केन्द्रित भएको भन्दै पार्टी माथि भएका प्रहारहरूको सशक्त प्रतिवाद गर्न सांसदहरूलाई आग्रह गर्नु भएको छ ।

 

ओलीले पार्टीको ‘सभ्य शैली’ले त्यस्ता आक्रमणको प्रभावकारी सामना गर्न नसकेको स्वीकार गर्दै अब त्यसमा सुधार आवश्यक रहेको बताउनु भयो।

 

उहाँले भन्नु भयो,‘राम्रो काम गरेकाले हाम्रा विरुद्ध प्रहार केन्द्रीत भयो । प्रहार राजनीतिक हिसाबले तथ्य र तर्कमा आधारित भएन । असभ्य अपशब्द, असत्य भ्रमपूर्ण र अश्लिल, गालीगलौज र कूप्रचारहरुबाट हामीमाथि प्रहार भयो । हाम्रो सभ्य शैलीले त्यसको मुकाबला गर्न सकेन । यस्तासँग के बाल्ने के, प्रतिवाद गर्ने किसिमले चुप लाग्ने प्रवृत्ति बढ्यो । डटेर त्यसको सामना गर्न सकेनौं । मैंले धेरै वर्ष अघि भनेको थिए । गोरु नाङ्गै हुँदा सरम मान्नुपर्दैन् । त्यो जातै त्यस्तै हो । कोही उसका उद्देश्य अन्तर्गत नै निवस्त्र हुन्छ । हामीले त्यसको पनि सामना गर्नुपर्ने हुन्छ । सामाजिक सञ्जालद्वारा गरिएको हमलाको प्रतिवादमा ध्यान पुगेन । हामीले आफैंले सामाजिक सञ्जालको प्रयोग गरेर प्रतिवाद गर्न नसक्दा सत्य कुरा जनतामा जान सकेन् ।’

 

सामाजिक सञ्जालको प्रभावकारी प्रयोग गर्न नसक्दा सत्य कुरा जनतासम्म पुग्न नसकेको पनि उहाँले बताउनु भयो।

उहाँले अनावश्यक विषयमा बढी टिप्पणी गर्ने प्रवृत्ति त्याग्न र आवश्यक मुद्दामा केन्द्रित भएर स्पष्ट धारणा राख्न सांसदहरूलाई सुझाव दिनु भयो।
‘पार्टीमा एकथरी मानिस बोल्ने एकथरी चुप लाग्ने स्थिति भयो । स्टाटस लेख्छन् साथीहरु तर चाहिने भन्दा नचाहिने कुरामा बढि लेख्छन् । यसलाई सुधार्नु पर्नेछ । नराम्रो कामबाट हामी पछाडि पारिएको होइन् राम्रो कामबाट हमलामा परेका हौं । त्यसैले हामी हतासिनु पर्ने आवश्यक छैन् । उच्च मनोबलका साथ काम गर्नुपर्छ ।’

 

उहाँले यो निर्वाचन परिणाम अनपेक्षित, अस्वभाविक, अपत्यारिलो र जादुमय रहेको धारणा राख्नु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापाका माछा किसान संसदीय समितिका सभापतिलाई समस्या सुनाउदै

दमक,१८ असार ।प्रतिनिधिसभाको कृषि तथा प्राकृतिक स्रोत समितिले झापाका किसानले भोग्दै आएका समस्या र समाधानका उपायबारे सुझाव संकलन थालेको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्याक्रम

आगामी मौद्रिक नीतिका लागि शेयर लगानीकर्ता संघको राष्ट्र बैंकलाई ५ बुँदे सुझाव

काठमाडौं,१८ असार । आगामी आर्थिक वर्ष २०८३ / ८४ को मौद्रिक नीतिलाई पूँजीबजारमैत्री बनाउन शेयर लगानीकर्ता संघ नेपालले नेपाल राष्ट्र बैंक समक्ष पाँच बुँदे सुझाव

आज असार १८ गते बसेको मन्त्रिपरिषद्को बैठकका १० निर्णयहरु

काठमाडौँ, १८ असार ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले महत्वपूर्ण १० निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री

मधेश प्रदेश सभाको बैठक दोस्रो दिन पनि अवरुद्ध

जनकपुर,१८ असार । मधेश प्रदेश सभाको बैठक विहीबार दोस्रो दिन पनि अवरुद्ध भएको छ । सभामुख रामअशिष यादवले बैठक अनिश्चित कालका लागि स्थगित भएको घोषणा

सहकारी संशोधन विधेयक बहुमतले पारित

काठमाडौं,१८ असार । प्रतिनिधिसभाले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ बहुमतले पारित गरेको छ। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा

‘इमेज सहकारीका बचतकर्ताको रकम कहिले र कसरी फिर्ता हुन्छ?’: सांसद शर्मा

काठमाडौं,१८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोम शर्माले इमेज सहकारीका बचतकर्ताले आफ्नो बचत रकम कहिले र कुन कानुनी प्रक्रियाबाट फिर्ता पाउने भन्ने