कार्की आयोगको प्रतिवेदन ‘भद्दा नाटक’ : ओलीको आरोप

काठमाडौं,१२ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्की आयोगले तयार पारेको प्रतिवेदनलाई पूर्वाग्रहपूर्ण र ‘भद्दा नाटक’ भएको टिप्पणी गर्नु भएको छ्। बिहीबार च्यासलमा आयोजित कार्यक्रममा बोल्दै उहाँले फौजदारी संहिता २०७४ को दफा १८१ र १८२ लाई आधार बनाएर ल्याइएको सिफारिस कानुनी रूपमा मेल नखाने र मानसिक रूपमा दबाब सिर्जना गर्ने प्रयास भएको आरोप लगाउनु भएको छ।

 

‘पूर्वाग्रहपूर्ण प्रतिवेदन ल्याउनको लागि कतै ठाउँ नपाएपछि फैजदारी संहिता २०७४ को दफा १८१र १८२ भन्ने कतै मेल नखाने दफा मानसिक रुपमा तनाव दिने प्रयत्न सहित आयोगले गरेको कू–कर्म हो । यसमा हामी दुःख व्यक्त गर्छौं । यस्ता कुरा हाम्रा विरुद्ध छन् । प्रधानमन्त्री भएबापत अपराधी हुनुपर्ने ?अत्यन्तै स्तरहीन क्रियाकलाप भइरहेको छ, यो एउटा भद्दा नाटक हो ।’

 

उहाँले कतै ठाउँ नपाएपछि नमिल्ने दफा प्रयोग गरेर प्रतिवेदन ल्याइएको भन्दै यो आयोगको कू–कर्म भएको आरोप लगाउनु भएको छ। ओलीले प्रधानमन्त्री पदमै बसेका व्यक्तिलाई अपराधीकरण गर्ने प्रयास भइरहेको भन्दै यस्तो गतिविधि अत्यन्त स्तरहीन रहेको प्रतिक्रिया दिनु भयो।

 

ओलीले बदनाम गर्ने, चरित्र हत्या गर्ने र घृणाको राजनीति झल्काउनेगरीे प्रतिवेदन आएको आरोप लगाउँदै यसलाई निन्दनीय, खेदजनक र अस्वीकार्य भएको बताउनु भयो ।

 

उहाँले भन्नु भयो,‘छानविन गर्ने र मुद्दा चलाउने सिफरिस गरेको छ । दफा १८१ र १८२ घट्ना स्थलमा व्यक्ति उपस्थित भएको हुनुपर्छ र उसबाट घट्ना प्रत्यक्ष रुपमा घटाएको हुनुपर्छ । अनि मात्र लापरवाही गरेर ज्यान गयो भन्ने हुन्छ । प्रधानमन्त्रीले न गोली चलाउँछ न आदेश दिन्छ । यो कानुनी हिसाबले सिफारिस गर्नै नमिल्ने कुरा हो । न्यायाधीश भइसकेको मान्छेले यति कुरा नबुझ्ने भन्ने छैन् । यो बद्नाम गर्ने ,चरित्र हत्या गर्ने र घृणाको राजनीति प्रकट भएको मात्र हो त्यसैले यो निन्दनीय,खेदजनक र अस्वीकार्य छ ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धनकुटामा साढे दुई करोडको आठपहरिया सङ्ग्रहालय अलपत्र

धनकुटा,१९ कार्तीक । आठपहरिया समुदायको मौलिक कला, संस्कृति, इतिहास र परम्परागत जीवनशैली संरक्षण गर्ने उद्देश्यले धनकुटामा दुई करोड ५८ लाख रुपैयाँ खर्चेर निर्माण गरिएको आठपहरिया

तुलसी सहकारीका पीडितसँग दमकमा प्रशासनको छलफल, बचत फिर्ताको प्रक्रिया अघि बढाउने प्रतिबद्धता

दमक, १९ कात्तिक । लामो समयदेखि बचत रकम फिर्ता नपाएर समस्यामा परेका तुलसी बहुमुखी सहकारीका दमक शाखाका बचतकर्ताको समस्या समाधानका लागि झापाको स्थानीय प्रशासनले पहल

दमकमा ५० विगाह क्षेत्रफल जग्गामा बन्दै छ बहुउद्देश्यीय पार्क, लगानी नगरपालिकाले खोज्ने

दमक, १९ कार्तिक । दमकमा घुम्न जाने ठाउँ खासै छैन । जति छ एउटा दमक फन पार्क अर्को दमक १० मा रहेको इन्द्रेणी ताल ।

ग्यास उद्योग मर्जरका लागि आयकर छुटको माग

काठमाडौं,१९ कार्तीक । नेपाल एल.पि. ग्यास उद्योग संघले ग्यास उद्योगहरू एक–आपसमा गाभ्न (मर्जर) का लागि आयकर छुटको व्यवस्था मिलाइदिन नेपाल आयल निगमसँग माग गरेको छ

भ्रष्टाचार मुद्दाका प्रतिवादी मन्त्रीसँगै सार्वजनिक कार्यक्रममा

इटहरी,१९ कार्तीक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भ्रष्टाचार मुद्दामा विशेष अदालतमा प्रतिवादी बनाइएका कोशी प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष बसन्तराज अर्याल प्रदेश सरकारका मन्त्रीसँगै सार्वजनिक

सुनकोशी–मरिन डाइभर्सनको ठेक्का फेरि रद्द, आयोजना अन्योलमा

काठमाडौँ,१९ कार्तीक । राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना यतिबेला अन्योलको भुमरीमा फसेको छ ।नेपालको समग्र आर्थिक तथा सामाजिक विकाससँग जोडिएको र उच्च प्राथमिकतामा