काठमाडौं,१३ चैत । स्वास्थ्य तथा जनसंख्या र खानेपानीमन्त्री बन्नु भएकी निशा मेहताले पदबहाली गर्नु भएको छ । पदबहालीपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले नातावाद, कृपावादबाट टाढा हुनुपर्ने बताउनु भयो । उहाँले मान्छेको क्षमताअनुसार हरेक क्षेत्रमा निर्णय गरिनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘नातावाद, कृपावादबाट हामी टाढा हुनुपर्छ । मान्छेको क्षमताअनुसार निर्णय गरिनुपर्छ । मैले व्यक्तिगत रुपमा पनि स्वास्थ्य क्षेत्रमा काम गर्दाखेरि पनि खरिद गर्नतिर बढी लाग्छौं, यसमा पनि सुधार जरुरी छ ।’
साथै उहाँले स्वास्थ्य क्षेत्रमा धेरै नर्सहरुले सोचेजस्तो जागिर नपाएको बताउनु भयो । उहाँले डाक्टर र नर्सहरुको तलब समेत कम रहेको बताउनु भएको हो ।
उहाँले भन्न्भयो, ‘धेरै नर्सहरुले सोचेजस्तो जागिर पाएको छैन । जागिर हामीले व्यवस्थापन गर्न सकेका छैनौं । डाक्टर नर्सहरुको तलब कम छ । यसमा धेरै समस्याहरु छ, यो व्यवस्थापन गर्नुपर्छ ।’









