नयाँ सरकार गठन : कोशीबाट प्रधानमन्त्री मात्रै

विराटनगर,१३ चैत । शुक्रबार गठन भएको मन्त्रिपरिषद्मा कोशी प्रदेशले प्रधानमन्त्री पद बाहेक अन्य कुनै पनि मन्त्रालयमा प्रतिनिधि पाउन सकेको छैन । झापा क्षेत्र नम्बर ५ बाट निर्वाचित प्रधानमन्त्री शाहको नेतृत्वमा बनेको १५ सदस्यीय मन्त्रिपरिषद् कोशी प्रदेशबाट अन्य प्रत्यक्ष निर्वाचित सांसदहरूलाई समेटिएको छैन ।

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कोशी प्रदेशमा उल्लेख्य जनमत पाउँदै २८ मध्ये १७ सिट जितेको भए पनि सो क्षेत्रबाट निर्वाचित अन्य सांसदहरू मन्त्री बन्नबाट बाहिर परेका छन् ।

 

नयाँ मन्त्रिपरिषद्मा प्रधानमन्त्री बालेन शाहले प्रधानमन्त्री, रक्षामन्त्री र उद्योगमन्त्रीको जिम्मेवारी सम्हालनु भएको छ भने स्वर्णिम वाग्ले अर्थमन्त्री, सुधन गुरुङ गृहमन्त्री, शिशिर खनाल परराष्ट्र मन्त्री, सुनिल लम्साल भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री, विराजभक्त श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री, खड्कराज पौडेल (गनेश) पर्यटन मन्त्री, सस्मित पोखरेल शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्री, निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री र खानेपानी मन्त्री, विक्रम तिमिल्सिना सञ्चार मन्त्री, प्रतिभा रावल सामान्य प्रशासन मन्त्री र भूमि व्यवस्था सहकारी मन्त्री, दीपक साह श्रम रोजगार मन्त्री, सोविता गौतम कानुन मन्त्री, गीता चौधरी कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री, र सीता वादी महिला, बालबालिका मन्त्री रहनु भिएको छ ।

 

जसमा प्रधानमन्त्री बालेन नै कोशीको भूगोलबाट निर्वाचन जितनु भएको छ । उहाँले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई हराउनु भएको थियो । यता, वागमती प्रदेशले सर्वाधिक पाँच जना मन्त्री पाएको छ । अन्य ६ प्रदेशले पनि मन्त्रालयमा प्रतिनिधित्व गरेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।