सरकारको पहिलो निर्णय नै प्रतिशोधपूर्ण भयो : लालबाबु पन्डित

काठमाडौं, १४ चैत । नेकपा (एमाले)का नेता एवं पूर्वमन्त्री लालबाबु पण्डितले सरकारको पछिल्लो कदमलाई प्रतिशोधपूर्ण भएको आरोप लगाउनु भएको छ ।
शनिबार च्यासलस्थित नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कार्यालय परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सरकारको पहिलो निर्णयमै पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीलाई पक्राउ गर्नु राजनीतिक प्रतिशोधको सुरुआत भएको दाबी गर्नु भएको हो

उहाँले भन्नु भयो , ‘सरकारको पहिलो निर्णय नै प्रतिशोधपूर्ण र देशका पूर्वप्रधानमन्त्री, पूर्वगृहमन्त्रीलाई नै पहिलो पक्रेर राजनीतिक प्रतिशोधको सुरुआत गरिएको छ । प्रतिशोधबाट सुशासन प्राप्त हुन सक्दैन । त्यसकारणले गर्दाखेरि प्रतिशोधको जवाफ प्रतिवाद हुन्छ र हामी सुशासनकै पक्षमा छौँ, कानुनी उपचारको पक्षमा जान्छौँ । राजनीतिक पार्टी र राजनीतिक पार्टीको नेता नेकपा (एमाले)को अध्यक्ष र नेपाली कांग्रेसको पूर्वगृहमन्त्री समेत एकैचोटि पक्राउ जुन गरिएको छ, यो प्रतिशोधको राजनीतिको सुरुआत गरिएको हुनाले गर्दा यसको प्रतिवाद नेकपा (एमाले)ले गर्छ । नेपाली कांग्रेसले के गर्छ, अरू थाहा छैन ।’

उहाँले प्रतिशोधबाट सुशासन प्राप्त हुन नसक्ने उल्लेख गर्दै एमाले सँधै सुशासन र कानुनी उपचारको पक्षमा रहने बताउनु भएको हो । साथै, उहाँले यस्तो कदमले राजनीतिक स्थायित्वभन्दा द्वन्द्व निम्त्याउने चेतावनी समेत दिनुभयो ।
पण्डितले एमाले अध्यक्ष तथा नेपाली कांग्रेसका पूर्वगृहमन्त्रीलाई एकैपटक पक्राउ गरिएको घटनालाई राजनीतिक प्रतिशोधको उदाहरणका रूपमा व्याख्या गर्दै यसको प्रतिवाद गर्ने स्पष्ट पार्नुभयो । उहाँले नेपाली कांग्रेसले के गर्ने भन्ने विषय उक्त पार्टीकै निर्णयमा निर्भर रहने पनि बताउनु भयो ।
यदि सरकारले संविधान र कानुनी मान्यताको पालना नगरी अराजक गतिविधिलाई प्रोत्साहन गरे राजनीतिक दलहरू प्रतिवाद गर्न बाध्य हुने बताउनु भयो । उहाँले वर्तमान कदमलाई ‘दुर्भाग्यपूर्ण’ भन्दै यसले देशमा अशान्ति निम्त्याउन सक्ने आशंका व्यक्त गर्नु भयो  ।

उहाँले एमालेले राजनीतिक तथा कानुनी दुवै प्रकारको लडाइँ लड्ने बताउँदै अहिले पार्टी बैठक जारी रहेकाले थप निर्णय बैठकपछि सार्वजनिक गरिने जानकारी दिनु भएको छ ।
पण्डितले सुरक्षाकर्मीको भूमिकाप्रति पनि प्रश्न उठाउँदै यदि प्रहरीद्वारा गोली चलाउने अवस्था आयो भने भविष्यमा प्रधानमन्त्री र गृहमन्त्रीसमेत कानुनी जोखिममा पर्न सक्ने चेतावनी दिनुभयो ।

उहाँले भन्नु भयो , ‘प्रधानमन्त्री भइसकेपछि कुनै ठाउँमा कतै पनि प्रहरीले गोली चलाउँछ कि चलाउँदैन ? यदि, कुनै ठाउँमा गोली चल्यो भने प्रधानमन्त्री नै फेरि जेल जानुपर्ने, गृहमन्त्री नै फेरि जेल जानुपर्ने स्थिति भयो भने देशको कुनै पनि गृहमन्त्री, प्रधानमन्त्री सुरक्षित रहने छैन ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।