पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रमेश लेखक को पक्राउविरुद्ध बन्दीप्रत्यक्षीकरण दर्ता गर्ने तयारी

काठमान्डौं,१४ चैत । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक को पक्राउविरुद्ध कानुन व्यवसायीहरूले अदालत जाने तयारी गरेका छन्। उनीहरूका अनुसार, पक्राउ प्रक्रिया कानुनी मापदण्ड विपरीत र पूर्वाग्रही ढंगले गरिएको हुनसक्ने भन्दै आइतबार बिहानै अदालत खुलेपछि बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गर्ने योजना बनाइएको छ।

 

नेपालको संविधानले कुनै पनि व्यक्तिलाई गैरकानुनी रूपमा पक्राउ गरिएको ठानेमा अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिन पाउने अधिकार सुनिश्चित गरेको छ। यस्तो निवेदन परेपछि अदालतले पक्राउको वैधता जाँच गरी आवश्यक परे रिहा गर्न आदेश दिन सक्छ।

 

वरिष्ठ अधिवक्ता टिकाराम भट्टराई ले पक्राउका केही आधारहरू स्पष्ट नदेखिएको भन्दै कानुनी उपचारको विकल्पबारे छलफल सुरु भइसकेको बताउनु भयो । त्यस्तै, पूर्वमहान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता रमेश बडाल ले पनि यस विषयमा सबै कानुनी प्रक्रिया अगाडि बढाइने र त्यसबारे आन्तरिक तयारी भइरहेको जानकारी दिनु भएको हो ।

 

कानुन व्यवसायीहरूको दाबी अनुसार, जाँचबुझ आयोगको प्रतिवेदनमा तथ्य र निष्कर्षबीच मेल नदेखिएको छ। उहाँहरू भन्नुहुन्छ तथ्यमा संलग्नता नदेखिए पनि निष्कर्षमा ओली र लेखकविरुद्ध फौजदारी कारबाही सिफारिस गरिएको छ, जुन विवादास्पद देखिन्छ।

 

त्यसैगरी, जरुरी पक्राउ पुर्जीको प्रयोगमाथि पनि प्रश्न उठाइएको छ। सामान्यतः फरार हुन सक्ने वा प्रमाण नष्ट गर्ने सम्भावना भएका व्यक्तिहरूलाई नियन्त्रणमा लिन प्रयोग गरिने यस्तो पुर्जी यहाँ दुरुपयोग भएको आरोप लगाइएको छ। कानुन व्यवसायीहरूले भनेका छन् कि राज्यकै सुरक्षा घेरामा रहेका व्यक्तिहरू फरार हुने सम्भावना न्यून हुने भएकाले यस्तो अवस्थामा पक्राउ गर्नु उचित नदेखिएको हो।

 

प्रजातान्त्रिक कानुन व्यवसायी संघका अध्यक्ष सिताराम केसी ले पनि पक्राउ प्रक्रियामाथि गम्भीर प्रश्न उठेको भन्दै अदालतमा चुनौती दिने अवस्था सिर्जना भएको बताउनु भएको छ । उहाँका अनुसार, प्रतिवेदन नै असन्तुलित देखिएको अवस्थामा त्यसकै आधारमा गरिएको पक्राउलाई कानुनी रूपमा परीक्षण गर्न आवश्यक छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापाका माछा किसान संसदीय समितिका सभापतिलाई समस्या सुनाउदै

दमक,१८ असार ।प्रतिनिधिसभाको कृषि तथा प्राकृतिक स्रोत समितिले झापाका किसानले भोग्दै आएका समस्या र समाधानका उपायबारे सुझाव संकलन थालेको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्याक्रम

आगामी मौद्रिक नीतिका लागि शेयर लगानीकर्ता संघको राष्ट्र बैंकलाई ५ बुँदे सुझाव

काठमाडौं,१८ असार । आगामी आर्थिक वर्ष २०८३ / ८४ को मौद्रिक नीतिलाई पूँजीबजारमैत्री बनाउन शेयर लगानीकर्ता संघ नेपालले नेपाल राष्ट्र बैंक समक्ष पाँच बुँदे सुझाव

आज असार १८ गते बसेको मन्त्रिपरिषद्को बैठकका १० निर्णयहरु

काठमाडौँ, १८ असार ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले महत्वपूर्ण १० निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री

मधेश प्रदेश सभाको बैठक दोस्रो दिन पनि अवरुद्ध

जनकपुर,१८ असार । मधेश प्रदेश सभाको बैठक विहीबार दोस्रो दिन पनि अवरुद्ध भएको छ । सभामुख रामअशिष यादवले बैठक अनिश्चित कालका लागि स्थगित भएको घोषणा

सहकारी संशोधन विधेयक बहुमतले पारित

काठमाडौं,१८ असार । प्रतिनिधिसभाले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ बहुमतले पारित गरेको छ। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा

‘इमेज सहकारीका बचतकर्ताको रकम कहिले र कसरी फिर्ता हुन्छ?’: सांसद शर्मा

काठमाडौं,१८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोम शर्माले इमेज सहकारीका बचतकर्ताले आफ्नो बचत रकम कहिले र कुन कानुनी प्रक्रियाबाट फिर्ता पाउने भन्ने