लागू औषधसहित बिर्तामोडका अजय रिऋदेब र विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौं,१४ चैत । काठमाडौं महानगरपालिका–६ मित्रनगरस्थित रूकुमेली सिमुतु अनिषा गेष्ट हाउसबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम १२० मिलिग्रामसहित काठमाडौं तार्केश्वर गोलढुङ्गा बस्ने पाँचथर घर भएका २३ वर्षीय रोवीट गुरूङ समेत ५ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उक्त होटेलको ४०४ नम्बरको कोठामा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं, गोकर्णेश्वर नगरपालिका–९ आरूबारीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २३० ट्याब्लेट र नगद २ लाख रूपैयाँ सहित सोही नगरपालिका–२ बस्ने २७ वर्षीय निशान डंगोललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

 

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

 

यस्तै, झापा भद्रपुर नगरपालिका–५ राजन चोकबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ६२० मिलिग्रामसहित बिर्तामोड नगरपालिका–६ स्यालडाँगी बस्ने ३३ वर्षीय मो जाबिर आलमलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

 

यसैगरी झापा, भद्रपुर नगरपालिका–४ डाँगीबारीबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम १० मिलिग्रामसहित बिर्तामोड नगरपालिका–७ बिर्ताबजार बस्ने २८ वर्षीय अजय रिऋदेब समेत ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

 

यसैगरी झापाको भद्रपुर नगरपालिका–५ मेचीपुलबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४३० मिलिग्रामसहित सोही नगरपालिका–४ झापा चोक बस्ने २४ वर्षीय दिपेश राजबंशीलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

 

बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८८० मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रूकुम पश्चिम मुसिकोट नगरपालिका–२ रातामाटा बस्ने ३८ वर्षीय तेज बहादुर दमाई र दाङ तुलसीपुर उपमहानगरपालिका–३ दमारगाउँ बस्ने २७ वर्षीय देबेन्द्र सिंह मल्ल रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दिया समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापाका माछा किसान संसदीय समितिका सभापतिलाई समस्या सुनाउदै

दमक,१८ असार ।प्रतिनिधिसभाको कृषि तथा प्राकृतिक स्रोत समितिले झापाका किसानले भोग्दै आएका समस्या र समाधानका उपायबारे सुझाव संकलन थालेको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्याक्रम

आगामी मौद्रिक नीतिका लागि शेयर लगानीकर्ता संघको राष्ट्र बैंकलाई ५ बुँदे सुझाव

काठमाडौं,१८ असार । आगामी आर्थिक वर्ष २०८३ / ८४ को मौद्रिक नीतिलाई पूँजीबजारमैत्री बनाउन शेयर लगानीकर्ता संघ नेपालले नेपाल राष्ट्र बैंक समक्ष पाँच बुँदे सुझाव

आज असार १८ गते बसेको मन्त्रिपरिषद्को बैठकका १० निर्णयहरु

काठमाडौँ, १८ असार ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले महत्वपूर्ण १० निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री

मधेश प्रदेश सभाको बैठक दोस्रो दिन पनि अवरुद्ध

जनकपुर,१८ असार । मधेश प्रदेश सभाको बैठक विहीबार दोस्रो दिन पनि अवरुद्ध भएको छ । सभामुख रामअशिष यादवले बैठक अनिश्चित कालका लागि स्थगित भएको घोषणा

सहकारी संशोधन विधेयक बहुमतले पारित

काठमाडौं,१८ असार । प्रतिनिधिसभाले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ बहुमतले पारित गरेको छ। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा

‘इमेज सहकारीका बचतकर्ताको रकम कहिले र कसरी फिर्ता हुन्छ?’: सांसद शर्मा

काठमाडौं,१८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोम शर्माले इमेज सहकारीका बचतकर्ताले आफ्नो बचत रकम कहिले र कुन कानुनी प्रक्रियाबाट फिर्ता पाउने भन्ने