सुधारको अपेक्षा सहित यातायात व्यवसायी महासंघले दियो सरकारलाई बधाइ

काठमाडौं,१४ चैत । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएसँगै सरोकारवाला निकायहरूले प्रतिक्रिया दिन थालेका छन्। यसैक्रममा नेपाल ट्रक यातायात व्यवसायी महासंघले नवगठित सरकारप्रति बधाई तथा शुभकामना व्यक्त गरेको छ।

 

महासंघका महासचिव बद्री प्रसाद चौलागाईंले हस्ताक्षर गरेको विज्ञप्तिमा प्रधानमन्त्री शाहसहित सम्पूर्ण मन्त्रीपरिषद् सदस्यलाई सफल कार्यकालको कामना गरिएको छ। राष्ट्रपतिको कार्यालयमा आयोजित विशेष समारोहमा रामचन्द्र पौडेल द्वारा मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराइएपछि महासंघले औपचारिक रूपमा शुभकामना दिएको हो।

 

विज्ञप्तिमा देशको आर्थिक विकास, पूर्वाधार विस्तार र यातायात क्षेत्रको सुदृढीकरणमा नयाँ सरकारबाट प्रभावकारी भूमिका अपेक्षा गरिएको उल्लेख गरिएको छ। विशेषगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्रीले यातायात क्षेत्रका दीर्घकालीन समस्या समाधानमा प्राथमिकता दिने विश्वास महासंघले व्यक्त गरेको छ।

 

महासंघका अध्यक्ष राजेन्द्र विक्रम बाँनियाले पनि प्रतिक्रिया दिँदै नयाँ सरकार गठनसँगै यातायात क्षेत्रले नयाँ ऊर्जा पाउने विश्वास व्यक्त गरे।

उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीले सडक पूर्वाधार सुधार, ढुवानी व्यवस्थापन, व्यवसायीका समस्या समाधान तथा नीतिगत स्थिरतामा ध्यान दिने अपेक्षा गरिएको बताए ।

 

नवनियुक्त मन्त्रिपरिषद्मा अर्थ, गृह, परराष्ट्र लगायतका महत्वपूर्ण मन्त्रालयमा नयाँ अनुहार आएका छन् भने रक्षा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाहले नै समालेका छन्। सरकारले आगामी दिनमा पूर्वाधार विकास, आर्थिक सुधार तथा सेवा प्रवाहलाई प्राथमिकतामा राख्ने संकेत गरेको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धनकुटामा साढे दुई करोडको आठपहरिया सङ्ग्रहालय अलपत्र

धनकुटा,१९ कार्तीक । आठपहरिया समुदायको मौलिक कला, संस्कृति, इतिहास र परम्परागत जीवनशैली संरक्षण गर्ने उद्देश्यले धनकुटामा दुई करोड ५८ लाख रुपैयाँ खर्चेर निर्माण गरिएको आठपहरिया

तुलसी सहकारीका पीडितसँग दमकमा प्रशासनको छलफल, बचत फिर्ताको प्रक्रिया अघि बढाउने प्रतिबद्धता

दमक, १९ कात्तिक । लामो समयदेखि बचत रकम फिर्ता नपाएर समस्यामा परेका तुलसी बहुमुखी सहकारीका दमक शाखाका बचतकर्ताको समस्या समाधानका लागि झापाको स्थानीय प्रशासनले पहल

दमकमा ५० विगाह क्षेत्रफल जग्गामा बन्दै छ बहुउद्देश्यीय पार्क, लगानी नगरपालिकाले खोज्ने

दमक, १९ कार्तिक । दमकमा घुम्न जाने ठाउँ खासै छैन । जति छ एउटा दमक फन पार्क अर्को दमक १० मा रहेको इन्द्रेणी ताल ।

ग्यास उद्योग मर्जरका लागि आयकर छुटको माग

काठमाडौं,१९ कार्तीक । नेपाल एल.पि. ग्यास उद्योग संघले ग्यास उद्योगहरू एक–आपसमा गाभ्न (मर्जर) का लागि आयकर छुटको व्यवस्था मिलाइदिन नेपाल आयल निगमसँग माग गरेको छ

भ्रष्टाचार मुद्दाका प्रतिवादी मन्त्रीसँगै सार्वजनिक कार्यक्रममा

इटहरी,१९ कार्तीक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भ्रष्टाचार मुद्दामा विशेष अदालतमा प्रतिवादी बनाइएका कोशी प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष बसन्तराज अर्याल प्रदेश सरकारका मन्त्रीसँगै सार्वजनिक

सुनकोशी–मरिन डाइभर्सनको ठेक्का फेरि रद्द, आयोजना अन्योलमा

काठमाडौँ,१९ कार्तीक । राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना यतिबेला अन्योलको भुमरीमा फसेको छ ।नेपालको समग्र आर्थिक तथा सामाजिक विकाससँग जोडिएको र उच्च प्राथमिकतामा