मर्यादामाथि बहस

सडक प्रदर्शनको दृश्य भाइरल

काठमाडौं,१५ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारीको विरोधमा काठमाडौंमा शनिबार भएको प्रदर्शनका क्रममा डोटीको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले देखाएको व्यवहार अहिले सामाजिक सञ्जालमा चर्चा र विवादको विषय बनेको छ ।

 

शनिबार काठमाडौंको सडकमा उत्रिएका ओझाले लुगा फुकालेर ‘मलाई गोली ठोक्नुस्’ भन्दै सरकार र प्रधानमन्त्री बालेन शाह बालेन्द्र विरुद्ध चर्को नाराबाजी गर्नु भएको थियो । एमालेले आफ्ना पार्टी अध्यक्षको गिरफ्तारीविरुद्ध देशभर आन्दोलनको घोषणा गरेसँगै काठमाडौैमा भएको विरोध प्रदर्शनमा ओझा सहभागि हुनु भएको थियो। प्रदर्शनका क्रममा एकाएक आवेशमा आएको उहाँले सार्वजनिक सडकमै ‘अभद्र’ देखिने गरी कपडा फुकालेर विरोध जनाएपछि सुरक्षाकर्मी र सर्वसाधारण समेत चकित परेका थिए ।

 

प्रदर्शनका क्रममा आक्रोशित भावमा देखिएका अध्यक्ष ओझाले प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुदन गुरुङको कडा आलोचना गर्नु भएको थियो । उहाँले ७० वर्ष नाघेका ज्येष्ठ नागरिक एवं पूर्वप्रधानमन्त्री केपी ओलीलाई रातारात गिरफ्तार गरिएकामा आपत्ति जनाउनु भएको छ ।

 

उहाँले भन्नु भयो, ‘म डोटीको जोरायल गाउँपालिकामा नौं वर्षदेखि अध्यक्ष पदमा कार्यरत छु । केपी ओलीलाई रातारात किन गिरफ्तार गरियो। उहाँ ज्येष्ठ नागरिक हो, उहाँलाई सम्मान गर्न नचाहने बालेन सरकार गलत छ । ज्येष्ठ नागरिकलाई बिहान ४–५ बजे गिरफ्तार गर्न मिल्दैन, यो त अपराधिकरण भयो ।’ उहाँले जोरायल गाउँपालिकामा स्वास्थ्यको क्षेत्रमा बालेनको भन्दा कम काम गरेको पाइए राजनीति नै त्याग्न तयार रहेको बताउनु भयो।

 

ओझाले अगाडि थप्नु भयो, ‘बालेन चार वर्ष मात्र मेयर भएका हुन् । स्वास्थ्यको क्षेत्रमा बालेनले भन्दा मैंले कम काम गरेको रहेछु भने म राजनीति नै त्याग्न तयार छु । पहाडी जिल्लाको जिरोबाट सुरु गरेको जोरायलमा मंैले धेरै काम गरेको छु, बालेनले अलिअलि झिलिमिली बालेकै भरमा मान्छेहरू बालेन–बालेन भन्दै हिँडेका छन्।’ उहाँले गृहमन्त्री सुदन गुरुङलाई ‘बच्चा’ को संज्ञा दिँदै आफूले उहाँलाई नचिन्ने समेत बताउनु भयो । ‘सुदन गुरुङ भन्ने बच्चा हुन, उनलाई म चिन्दिन । गृहमन्त्री होला आफ्नो ठाउँमा छ,’ उहाँले भन्नु भयो ।

 

ओझाले सडकमै लुगा फुकालेर असामान्य व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा तीव्र गतिमा भाइरल भएको छ । एउटा स्थानीय सरकारको प्रमुख जस्तो जिम्मेवार पदमा बसेको व्यक्तिले सार्वजनिक स्थलमा यस्तो अशोभनीय र अश्लील देखिने व्यवहार प्रदर्शन गर्नु मर्यादा विपरीत भएको भन्दै व्यापक आलोचना भइरहेको छ ।

 

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले जनप्रतिनिधिको आचरण र नैतिकता माथि प्रश्न उठाएका छन्। कतिपयले यसलाई ‘राजनीतिक स्टन्ट’ को संज्ञा दिएका छन् भने कतिपयले राज्यको सेवा–सुविधा लिने पदमा बसेर सडकमा यस्तो हर्कत देखाउनु लज्जास्पद भएको टिप्पणी गरेका छन् ।

 

कार्की आयोगको फैसला र ओली पक्राउ प्रकरणले गर्दा यतिबेला मुलुकको राजनीतिक वातावरण निकै गर्माएको छ । एमाले कार्यकर्ताहरूले सरकारले प्रतिशोध साँध्न खोजेको आरोप लगाउँदै सडक तताएका छन् । यही राजनीतिक तनावका बीच जोरायलका अध्यक्ष ओझाको यो घटनाले जनप्रतिनिधिको भूमिका र सार्वजनिक मर्यादाबारे नयाँ बहस सिर्जना गरिदिएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापाका माछा किसान संसदीय समितिका सभापतिलाई समस्या सुनाउदै

दमक,१८ असार ।प्रतिनिधिसभाको कृषि तथा प्राकृतिक स्रोत समितिले झापाका किसानले भोग्दै आएका समस्या र समाधानका उपायबारे सुझाव संकलन थालेको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्याक्रम

आगामी मौद्रिक नीतिका लागि शेयर लगानीकर्ता संघको राष्ट्र बैंकलाई ५ बुँदे सुझाव

काठमाडौं,१८ असार । आगामी आर्थिक वर्ष २०८३ / ८४ को मौद्रिक नीतिलाई पूँजीबजारमैत्री बनाउन शेयर लगानीकर्ता संघ नेपालले नेपाल राष्ट्र बैंक समक्ष पाँच बुँदे सुझाव

आज असार १८ गते बसेको मन्त्रिपरिषद्को बैठकका १० निर्णयहरु

काठमाडौँ, १८ असार ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले महत्वपूर्ण १० निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री

मधेश प्रदेश सभाको बैठक दोस्रो दिन पनि अवरुद्ध

जनकपुर,१८ असार । मधेश प्रदेश सभाको बैठक विहीबार दोस्रो दिन पनि अवरुद्ध भएको छ । सभामुख रामअशिष यादवले बैठक अनिश्चित कालका लागि स्थगित भएको घोषणा

सहकारी संशोधन विधेयक बहुमतले पारित

काठमाडौं,१८ असार । प्रतिनिधिसभाले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ बहुमतले पारित गरेको छ। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा

‘इमेज सहकारीका बचतकर्ताको रकम कहिले र कसरी फिर्ता हुन्छ?’: सांसद शर्मा

काठमाडौं,१८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोम शर्माले इमेज सहकारीका बचतकर्ताले आफ्नो बचत रकम कहिले र कुन कानुनी प्रक्रियाबाट फिर्ता पाउने भन्ने