नेपालका प्रधानमन्त्रीलाई भूटानी अधिकार समूहले दियो बधाई

द हेग । भूटानमा राजनीतिक बन्दीहरूको रिहाइका लागि लामो समयदेखि अभियान चलाइरहेको संस्था, भुटानका राजबन्दी रिहाइका लागि विश्व अभियान (जीसीआरपीपीबी)ले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएको छ।

संस्थाले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री शाहको नियुक्तिलाई ऐतिहासिक उपलब्धि भन्दै उहाँलाई सुशासन, पारदर्शिता र रूपान्तरणकारी नेतृत्वको प्रतीकका रूपमा हेरिएको उल्लेख गरेको छ।

जीसीआरपीपीबीका ग्लोबल कोअर्डिनेटर राम कार्कीद्वारा जारी विज्ञप्तिमा नेपालका लागि यो महत्वपूर्ण घडी भएको उल्लेख गर्दै दशकौँदेखि नेपालमा रहेका भूटानी शरणार्थीहरूको मानवीय समस्यालाई प्राथमिकताका साथ सम्बोधन गर्न प्रधानमन्त्री शाहलाई आग्रह गरिएको छ।

विज्ञप्तिमा नेपाली मूलका हजारौँ भूटानी शरणार्थीहरू लामो समयदेखि अनिश्चिततामा जीवनयापन गरिरहेका छन् भन्दै धेरैजना अझैसम्म दीगो र सम्मानजनक समाधानको प्रतीक्षामा रहेको उल्लेख छ । अन्तर्राष्ट्रिय पुनर्वास कार्यक्रमले केही राहत दिएको भए पनि उल्लेख्य संख्यामा शरणार्थीहरू अझै अधिकार, अवसर र सुरक्षासम्बन्धी चुनौतीको सामना गरिरहेका छन्।

प्रधानमन्त्री शाहको नियुक्तिपूर्वका हप्ताहरूमा जीसीआरपीपीबीले यस समस्याको न्यायोचित र दीगो समाधानका लागि आफ्ना मुख्य मागहरू पेश गरेको जनाउँदै ती मागहरू पुनः दोहोर्याएको छ। संस्थाले अहिले पनि पूर्वी नेपालका शरणार्थी शिविरहरुमा रहेका झन्डै ६,५०० भूटानी शरणार्थीहरूका लागि स्वेच्छिक स्वदेश फिर्ती स्थानीय समायोजन वा तेस्रो मुलुकमा पुनस्र्थापनाका लागि स्पष्ट र पारदर्शी विकल्प सुनिश्चित गर्न माग गरेको छ।

साथै, भूटानसँग कूटनीतिक पहल गरी सुरक्षित र सम्मानजनक स्वदेश फिर्तीका लागि समयसीमासहित संवाद पुनः सुरु गर्न तथा शरणार्थी प्रतिनिधित्वसहित कार्यदल गठन गर्न पनि आग्रह गरेको छ।

स्थायी समाधान नआएसम्म नेपालमा रहेका शरणार्थीहरूको संरक्षण, कानुनी हैसियत र आधारभूत अधिकारमा पहुँच सुदृढ गर्न, शरणार्थी व्यवस्थापन प्रणालीमा देखिएका अनियमितताहरू समाधान गरी जवाफदेहिता कायम गर्न, तथा अन्तर्राष्ट्रिय संघसंस्थासँग सहकार्य गरी अधिकारमा आधारित दीर्घकालीन समाधान खोज्न पनि संस्थाले जोड दिएको छ। भुटानी राजनीतिक बन्दिहरूको रिहाइको लागि कुटनीतिक पहल गर्नु पनि आग्रह गरेको छ।

विश्व अभियानले प्रधानमन्त्री शाहको नेतृत्वमा यी संवेदनशील मुद्दाहरूले आवश्यक ध्यान पाउने विश्वास व्यक्त गर्दै नेपालले भूटानी शरणार्थी समस्याको मानवीय र स्थायी समाधानतर्फ अघि बढ्ने अपेक्षा पनि गरेको छ। विश्व अभियानका अनुसार अहिले पनि भुटानका विभिन्न जेलहरुमा कम्तीमा ३० जना राजनीतिक बन्दीहरु दशकौं देखि थुनामा रहेका छन्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धनकुटामा साढे दुई करोडको आठपहरिया सङ्ग्रहालय अलपत्र

धनकुटा,१९ कार्तीक । आठपहरिया समुदायको मौलिक कला, संस्कृति, इतिहास र परम्परागत जीवनशैली संरक्षण गर्ने उद्देश्यले धनकुटामा दुई करोड ५८ लाख रुपैयाँ खर्चेर निर्माण गरिएको आठपहरिया

तुलसी सहकारीका पीडितसँग दमकमा प्रशासनको छलफल, बचत फिर्ताको प्रक्रिया अघि बढाउने प्रतिबद्धता

दमक, १९ कात्तिक । लामो समयदेखि बचत रकम फिर्ता नपाएर समस्यामा परेका तुलसी बहुमुखी सहकारीका दमक शाखाका बचतकर्ताको समस्या समाधानका लागि झापाको स्थानीय प्रशासनले पहल

दमकमा ५० विगाह क्षेत्रफल जग्गामा बन्दै छ बहुउद्देश्यीय पार्क, लगानी नगरपालिकाले खोज्ने

दमक, १९ कार्तिक । दमकमा घुम्न जाने ठाउँ खासै छैन । जति छ एउटा दमक फन पार्क अर्को दमक १० मा रहेको इन्द्रेणी ताल ।

ग्यास उद्योग मर्जरका लागि आयकर छुटको माग

काठमाडौं,१९ कार्तीक । नेपाल एल.पि. ग्यास उद्योग संघले ग्यास उद्योगहरू एक–आपसमा गाभ्न (मर्जर) का लागि आयकर छुटको व्यवस्था मिलाइदिन नेपाल आयल निगमसँग माग गरेको छ

भ्रष्टाचार मुद्दाका प्रतिवादी मन्त्रीसँगै सार्वजनिक कार्यक्रममा

इटहरी,१९ कार्तीक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भ्रष्टाचार मुद्दामा विशेष अदालतमा प्रतिवादी बनाइएका कोशी प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष बसन्तराज अर्याल प्रदेश सरकारका मन्त्रीसँगै सार्वजनिक

सुनकोशी–मरिन डाइभर्सनको ठेक्का फेरि रद्द, आयोजना अन्योलमा

काठमाडौँ,१९ कार्तीक । राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना यतिबेला अन्योलको भुमरीमा फसेको छ ।नेपालको समग्र आर्थिक तथा सामाजिक विकाससँग जोडिएको र उच्च प्राथमिकतामा